खोलो तार्दा बग्ड ताड्डा यिनकी बानी त्यैँ हो,

        काजी प्रवासी   |   प्रकाशित मितिः आइतवार, फाल्गुन २१, २०७९     ::: 896 पटक पढिएको   |  

काजी प्रवासी भैरवी गाउँपालिका १, दैलेख
हाल बेलगाम कर्नाटक ।

खोलो तार्दा बग्ड ताड्डा यिनकी बानी त्यैँ हो ।
चारो हाल्ला पासो पाड्डा यिनकी बानी त्यैँ हो ।

यौटा झोप्डा आगो लाउना अर्का झोप्डा सर्दा ।
मासु लुछ्ता हड्डी छाड्डा यिनकी बानी त्यैँ हो ।

चोर गोरु फुकिरनो स्याङ्ली लाईदेउ अब।
परदेश भाँड्डा घरदेश भाँड्डा यिनकी बानी त्यैँ हो।

यिनका चोर यिनका गुन्डा सधैँ सद्धे हुन्या ।
सोझा पाड्डा गैला खाड्डा यिनकी बानी त्यैँ हो ।

बिना पैसा चिया खानाँ देश त्याउनै बनिजानो ।
चुरोट तान्ना सुर्ती माड्डा यिनकी बानी त्यैँ हो ।

खोलो तार्दा बग्ड ताड्डा यिनकी बानी त्यैँ हो ।
चारो हाल्ला पासो पाड्डा यिनकी बानी त्यैँ हो ।

 



Leave a comment

Your email address will not be published.


*