तिम्रै दिलमा बस्नलाई म पानी हुनुपर्छ,(गजल)

तिम्रै दिलमा बस्नलाई म पानी हुनुपर्छ,(गजल)

दिनेश थापा (दिलसागर)
ठाटीकाँध गाउँपालिका -२ दैलेख, हाल सुर्खेत ।

तिम्रै दिलमा बस्नलाइ म पानी हुनुपर्छ ।
बुझ्नुसकि एकदिन मरेर खरानी हुनुपर्छ ।

तिमी मेरी थियौ अर्कैको सिन्दुर पोते भरेर गयौ,
अब तिमी हेपिएर अर्कैको घरवालि हुनुपर्छ ।

बा ! छोरी छैन भनेर खोज्दै हुनुहुन्छ हाँसो लाग्छ ।
अब छोरीको सट्टामा पनि एक बुहारी हुनुपर्छ ।

व्यर्थैको सम्पत्ति राखेर के गर्नुहुन्छ हजुर,
मरेर जादा सबै छोडेर खालि खल्ति हुनुपर्छ ।

हजुरले मलाई गाउँ भनेर नहेर्नु भएको होला,
तिम्रै लागि यो गाउँ शहर बस्ती हुनुपर्छ ।

प्रतिक्रिया