उनी नभए बाच्दैन म धरोैटिमा पनि..(गजल)

        दिनेश थापा (सागर)   |   प्रकाशित मितिः आइतवार, फाल्गुन २८, २०७९     ::: 105 पटक पढिएको   |  

दिनेश थापा (सागर)
ठाटीकाँध गाउँपालिका -२, दैलेख

उनी छन् र पो, मछु कम्तीमा पनि
उनी नभए बाच्दैन म धरोैटिमा पनि

तिमिलाइ बिर्सन्छु भने बिर्सन सकेन
झन सम्झाउन आउँछेउ सपनिमा पनि

अनुहार मात्रै हुदैन यो मनलाइ बिगार्ने,
यी आँखा अल्झिएछन् तिम्रै पटुकिमा पनि ।

जसरी रातलाइ उज्यालो दिन्छ जुनले,
तिमी जुन बन्देउ मेरो जिन्दगीमा पनि ।

म तिमिलाइ खोज्दै भौँतारिरहे त्यही रातमा
तिमी हराएको पत्तै भएन उजेलीमा पनि ।

 



Leave a comment

Your email address will not be published.


*