डरले सधैँ पछि पार्‍यो, आत्मविश्वासले जिवन जिउन सिकायो

डरले सधैँ पछि पार्‍यो, आत्मविश्वासले जिवन जिउन सिकायो

सुर्खेत –  घरभन्दा वाहिर निस्किने आटँ कहिल्यै आएन् । खुशी बाँड्ने र दुःख सुन्ने उहाँको कोही थिएन् । जीवन पुर्णरुपमा परनिर्भर थियो । कहिले काँही यस्तो लाग्थ्यो जिन्दगी अब यहीसम्म हो । कोहीँ कसैसँग ढुक्कले बोल्न सक्ने साहस समेत थिएन् । मुखबाट बोली फुट्नु भन्दा पहिला आँखा रसाउथे । जोडले चिच्याउदै रुन मन लाग्थ्यो ।

जिन्दगी साच्चिकै एक्लो भएको थियो । यस्तै जिवन विताइरहेकी वीरेन्द्रनगर १ की तुलसी गिरीमा अहिले साच्चिकै उहाँको जिवनले नयाँ मोड लिएको छ । जिन्दगी जिउने थुप्रै आधार देख्न थाल्नुभएको छ । जिन्दगीलाई साच्चिकै रमाइलो देख्न थाल्नुभएको छ ।

१७ वर्षकै उमेरमा बुवाआमादेखि भागेर प्रेमविवाह गर्नुभयो । प्रेमले सबै थोक बिर्साउदो रहेछ, उहाँ भन्नुहुन्छ ‘जन्मदिने बुवाआमा सहितको माइती घर त्यागेर भागेर प्रेम विवाह त गरे तर मेरो घरपरिवारले मलाई बुहारीको रुपमा त्यो घरमा कहिल्यै स्वीकार गर्नुभएन् ।’

विवाह पछि घर परिवारले स्वीकार नगरेपछि उहाँका दम्पति घर भन्दा वाहिर कोठा भाडामा बस्दै आउँनुभएको थियो । कक्षा १२ पढ्दै गर्नुभएकी गिरीले बिहे पश्चात पढ्न पनि छोड्नुभयो । जिन्दगी रमाइलो गरी नै बितिरहेको थियो । श्रीमानको जागिरले खानलाउन पुगेकै थियो । कुनै कुराको अभाव भएको महशुस कहिल्यै नभएको उहाँ बताउनुहुन्छ । यसैक्रममा २०७४ सालमा छोराको जन्म भयो । छोराको जन्म पश्चात उहाँ आमा बन्न सफल हुनुभयो ।

आमा बनिसके पछिको जिम्मेवारी थप भएको महशुस कहिल्यै गर्न दिनुभएन् उहाँको पतिले । साच्चिकै तुलसीलाई पतिको रुपमा एक असल अभिभावक पाएको अनुभुति भएको थियो । बच्चाबच्ची जस्तै खेल्दै रमाउदै दिन बेतित हुदै गए ।

यस्तैक्रममा २०७८ सालमा उहाँको जीवनमा ठुलो घटना घट्यो । सायदै उहाँले यो घटनाको परिकल्पना समेत गर्नुभएको थिएन् । उहाँको जिन्दगीको साहारा लुटियो । खुशी लुटियो । जिन्दगी पुर्ण रुपमा वेसाहारा बन्न पुग्यो । उहाँ पुर्ण रुपमा एक्लो हुनुभयो । ०७९ वैशाख २ गते क्यान्सरका कारण उहाँका पतिको निधन भयो । यो घटनाले उहाँ साच्चिकै टुट्नुभयो । यो अबस्थामा समेत उहाँका घरपरिवार तथा आफ्न्तले साथ समेत त के हैसला समेत दिन सकेनन् ।

पतिको मृत्यु पश्चात उहाँ पाँच वर्षको छोरा लिएर माइतीमा बुवाआमासँग बस्न थाल्नुभयो । पटक पटक घरपरिवारसँग शरण माग्न पुग्नुभयो तर घरपरिवारको अपहेलना र तिरस्कारले उहाँलाई आत्महत्याको कुराले मानसपटललाई कोर्तथ्यो । यसरी नै पतिको मृत्यु पछिकाे करिव चार महिनाकाे समय उहाँका बन्द कोठा भित्र बिते ।

सानो नावालक छोराका अगाडी सारा जिन्दगी बाँकी थियो तुलसीको । तर कसरी अगाडी बढ्ने, ‘मेरो लागि न त समाउने हाँगा थियो न त टेक्ने कुनै खड्किलो नै’, तरपनि छोराको भविष्य र आफ्नो न्यायका लागि पनि अदालत सम्म पुग्नुपर्छ भन्ने सुझाव आफन्त मार्फत पाउनुभयो । र साउन १५ गते आफ्नो न्याय र अधिकारका लागि अदालतको ढोकामा पुग्नुभयो ।

न्याय पाउँने झिनो आशा बोकेर हिड्नुभएकी उहाँ अनौपचारिक सेवा केन्द्र (इन्सेक)सँग जोडिन पुग्नुभयो । आफ्नो पिडा र अन्यायलाई कानूनी प्रक्रियामा जानको लागि उहाँले कार्यालयसँग सहयोगको माग पनि गर्नुभयो । कार्यालयले पनि उहाँको न्यायका लागि कानुनी प्रक्रियामा जानलाई सहयोग पनि गर्यो । यसरी इन्सेकसँग जोडिएसँगै उहाँको जिन्दगीले नयाँ मोड लिन पुग्यो । इन्सेकले भदौ ६ गते उहाँलाई वीरेन्द्रनगरको मानव अधिकार रक्षकका रुपमा नियुक्त गर्यो ।

भदौ ७ गते कार्यालयले आयोजना गरेको मानव अधिकार रक्षकका लागि तीनदिने मनोसामाजिक प्राथमिक उपचार विषयक तालिममा सहभागी हुने अवसर मिल्यो । जुन तालिमले उहाँको जिन्दगीमा नयाँ जोश र जागर ल्यायो । त्यतिमात्र होइन् इन्सेकको प्रतिनिधित्व गर्दै उहाँ विभिन्न कार्यक्रममा समेत उपस्थित हुन थाल्नुभयो । पहिला आफ्नो सामान्य परिचय दिदाँ डराउने उहाँ पछि विस्तारै गएर आफ्नो परिचय ढुक्कले भन्न थाल्नुभयो भने आफ्ना समस्या समेत सबैको सामु राख्न सक्ने साहस उहाँमा पैदा भयो ।

उहाँ भन्नुहुन्छ,‘मेरो यो सफलता र मेरो जिन्दगीमा आएको जुन परिवर्तन छ यसको श्रेय म इन्सेकलाई दिन चाहान्छु ।’ इन्सेक मेरो जिवनको संबाहक हो । मेरो सफलताको प्रतीक इन्सेक हो । जसले मलाई यहाँसम्म ल्याउन सहयोग गर्यो । जसले मेरो छुटेको पढाईलाई समेत निरन्तरता दिने हौसला प्रदान गर्यो । जसले मलाई जिन्दगी जिउन साहास प्रदान गर्यो ।

तुलसीले आफ्नो छुटेको पढाईलाई निरन्तरता दिनको लागि मध्यपश्चिम विश्वविद्यालयमा समाज शास्त्र शंकाय स्नातक तहमा भर्ना हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘ मलाई समाज सास्त्रमा मास्टर डिग्री गर्न मन छ । र यही समाजमा रहेर समाज सेवा गर्न मन छ । भविष्यमा मेरो छोराले पनि भनोस मेरो आमाले समाज सास्त्रमा मास्टर डिग्री गर्नुभएको छ ।’ अब आउने समस्याले कुनै असर नगर्ने उहाँ बताउनुहुन्छ । हरेक कुरामा सधै डराई मात्र रहे । आखिर के नै हुँदो रहेछ र ? जिन्दगी जसो तसो विताउँनै पर्ने हो । डराउनु, हरेस खानु, परनिर्भनर बन्नुभन्दा आफ्नो जिन्दगी आफ्नै तरिकाले चलाउने आफैमा खुशी हुने बाटो खोज्नु नै खास जिन्दगी रहेछ ।

उहाँको जीवन शैलीमा साच्चिकै परिवर्तन आएको छ । साच्चिकै साहसी तुलसी बन्नुभएको छ । तुलसीले आत्मनिर्भरताको बाटो रोज्नुभएको छ । उहाँमा समाजमा एक उदारणिय व्यक्तित्व बन्ने हुटहुटी चलेको छ । अहिले सहकर्मी समाजमा सामुदायिक प्रशिक्षकको रुपमा उहाँको जागिरे जिवन सुरु भएको छ भने जिल्ला अदालत सुर्खेतबाट उहाँले आफ्नो न्याय र अधिकारका लागि दिनुभएको निवेदन पनि प्रक्रियामा छ ।

(साभार : इन्सेक अनलाइन)

प्रतिक्रिया