नारायण क्याम्पसको ताला खुल्यो, अदालतको उत्प्रेषणले निर्वाचन स्थगित

        अमर सुनार   |   प्रकाशित मितिः शुक्रबार, चैत्र ३, २०७९     ::: 71 पटक पढिएको   |  

दैलेख – मध्यपश्चिमाञ्चल विश्व विद्यालयको जिल्लाको एक मात्र आंगिक मान्यता पाएको नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन लागि प्रतिस्पर्धी विद्यार्थी संगठनहरुले आफूहरु निर्वाचनमा जान तयार रहेको जनाएका छन् ।

अनेरास्ववियूका तर्फबाट अध्यक्ष पदका उम्मेदवार खम्बिरा बुढा, अखिल क्रान्तिकारीका तर्फबाट रामकुमारी शाही र एकीकृत समाजवादी समर्थक अनेरास्ववियुका सहसचिव हिक्मत बुढाले बिहीवार विज्ञप्ती जारी गर्दै निर्वाचन प्रतिस्पर्धामा जान आफूहरु तयार रहेको जनाइएको छ ।

एमाले समर्थक अनेरास्ववियूका तर्फबाट अध्यक्ष पदका उम्मेदवार खम्बिरा बुढाको पक्षधरतामा क्रान्तिकारीका कोषाध्यक्षका उम्मेदवार दिलमाया थापाले उम्मेदवारी फिर्ता लिएको अवस्थामा क्याम्पसमा एक सातादेखि ताला लगाएको समूह अहिले खुलाउने सहमतीमा पुगेको छ ।

अनेरास्ववियूको प्रतिस्पर्धी नेविसंघले विज्ञप्तीमा जनाइएको छैन । मध्यपश्चिम विश्वविद्यालयले निर्वाचन गराउने तयारी गरिरहेको बेला निर्वाचन अधिकृत नरेन्द्रप्रसाद उपाध्यायको राजीमाना मागेका ताला लगाउने पक्षले ताला खुलाउदा यी मागहरुका विषयमा बोलिएको छैन ।

‘निर्वाचन तयारी हुँदा ताला लगाउनुभयो, विश्वविद्यालयले निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको बेला अहिले के निर्वाचन चाहियो भन्नुहुन्छ । के सहमती हो ? फेरि ताला खुलाउनु भएछ ?’ नेबिसंघको तर्फबाट स्ववियूका उम्मेदवार बिनोद आचार्यले टिप्पणी गर्नुभयो ।


यसबारे ध्यानाकर्षण गराउँदा ताला लागेको समयमा स्थानीय प्रशासन, राजनीतिक दल लगायतको छलफलबाट विद्यार्थी संगठनहरुलाई नै विवाद सुल्झाउन जिम्मा दिएपछि विद्यार्थी संगठनहरुले सहमती निकालेका नारायण क्याम्पसका क्याम्पस नरबहादुर शाहीले बताउनुभयो ।

क्याम्पस प्रमुख शाहीले भन्नुभयो ‘उच्च अदालतमा रिट परेको कारण मध्यपश्चिम विश्वविद्यालयले हाललाई स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन स्थगित निर्णय गरेकोले हामीले पनि हाललाई निर्वाचनका सबै काम स्थगित गरेका छौं, जहिले विश्वविद्यालयले खुलाउँछ त्यतिबेला निर्वाचन गराउँछौं ।’

दैलेखका ५ क्याम्पस मध्ये मध्यपश्चिम विश्वविद्यालयको आंगिक बनेको नारायण क्याम्पसअको निर्वाचन स्थगित भए पनि त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएका दुल्लूको द्रोणाचल, तिलेपाटाको आठबीस, हाडाकोटको चामुण्डा र अवलपराजुलको कोटदेवल जनआदर्शको निर्वाचन चाहिं चैत ५ गते हुदैछ ।



Leave a comment

Your email address will not be published.


*