राष्ट्रिय शहीदहरुको नामावली राजपत्रमा प्रकाशित

राष्ट्रिय शहीदहरुको नामावली राजपत्रमा प्रकाशित

काठमाण्डाै –  मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माओवादी सशस्त्र द्वन्द्वका क्रममा सरकारी सुरक्षाकर्मी र सशस्त्र युद्धरत पक्ष तत्कालिन नेकपा माअाेवादीबाट मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको हाे ।

निर्णय बारे गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

राजपत्रमा प्रकाशित भएपछि जनयुद्धकालमा राज्य र विद्रोही पक्ष तत्कालिन नेकपा माअाेवादीबाट ज्यान गुमाएकाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषितहरूका परिवारजनलाई राज्यबाट प्राप्त गरेको सरह क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

 

प्रतिक्रिया