Articles by news jwala

जाजरकोटमा विप्लव कार्यकर्ताद्वारा नेकपाका केन्द्रीय सदस्यमाथि आक्रमण

जाजरकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि बुधबार बिहान आक्रमण भएको छ । जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् । बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बर [...]

चीनमा कम्युनिस्ट शासनको ७० वर्ष: ‘बेइजिङमा दीपावली, हङकङमा रक्तपात’

एजेन्सी । चीनले मंगलबार कम्युनिस्ट शासन सुरुवातको ७०औं वार्षिकोत्सव मनायो । १ अक्टोबर, १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङले जनगणतान्त्रिक चीन स्थापनाको घोषणा गर्दै कम्युनिस्ट शासनको सुरुवात गरेका थिए । त्यो शासन व्यवस्था आजसम्म पनि जारी छ । रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्टहरू विजयी भएपछि चीनमा कम्युनिस्ट शासन सम्भव भएको थियो । ७०औं वार्षिकोत्सवमा चिनियाँ सरकारले त्यही रक्तपातपूर्ण क्रान्तिको झल्को दिएको छ । [...]

महरा प्रकरण: रोशनी शाहीका श्रीमान-श्रीमती छुट्टिए

काठमाडौँ, असोज १६ । कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी एक महिलाका श्रीमान-श्रीमती अलग भएका छन्। महराले आफूलाई जवर्जस्ती करणी गरेको आरोप लगाएकी रोशनी शाहीका श्रीमान-श्रीमतीबीच सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढेको हो। बिहीबार बिहान रोशनीका श्रीमान चित्रजंगले सामाजिक सञ्जाल फेसबुकमा दुई जनाबीच अलग बस्ने निर्णय भएको पत्र सार्वजनिक गरेका हुन्। उनले पत्रमा लेखेका छन्, ‘प्रीयजनहरु, थुप्रै उतार चढावका बीच हाम्रा [...]

दशैँमा पलाँता गाउँपालिकाको उपहार: पछ्यौरा, ढाका टोपी र खाद्यान्न

असोज १०, कालिकोट । पलाँता गाउँपालिकाले एकल महिला, द्वन्द्व पीडित, विपन्न परिवार र वृद्धवृद्धालाई दशैँ मनाउनका लागि उपहार वितरण गरेको छ । गाउँपालिकाले उनीहरुलाई उपहारस्वरुप पछ्यौरा, ढाका टोपी, तेल, चिनी र चामल वितरण गरेको हो । वृद्धका लागि एउटा ढाका टोपी र एक केजी चिनी तथा वृद्धाका लागि एउटा पछ्यौरा र एक केजी चिनी उपहार दिइएको हो । त्यस्तै एकल महिलालाई एउटा पछ्यौरा, एक केजी चिनी र एक पाकेट तेल उपहार दिइएको छ । विपन्न तथा द्वन्द्व पीडित ९० घरपरिवारलाई एक [...]

बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ

असोज १०, बझाङ । भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ । पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ९इन्सपेक्टर० ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । उनीमाथि बिहीबार जबरजस्ती करणीमा [...]

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार

तनहुँको व्यास नगरपालिका–११ की निर्मला चेपाङको उपचारार्थ सङ्कलन गरिएको रु ७५ हजारको चेक मङ्गलबार बालिकालाई प्रदान गरिँदै । केही दिन अगाडि तातोपानी शरीरमा खनिएपछि विरामी भएकी चेपाङलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् बालिकाको उपचारका लागि रु एक लाख ३३ हजार ५०० सङ्कलन भएको हो । तस्वीर: कृष्ण न्यौपाने असोज ०८, तनहुँ । धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक [...]

पोखरा प्रिमियर लिग कात्तिक २६ गतेदेखि

असोज ०६, काठमाण्डौ । पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करण आउँदो कात्तिक २६ गतदेखि मंसिर ७ गतेसम्म पोखरामा हुने भएको छ । पीपीएलको आयोजक क्वीन्स इमेन्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले सोमबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताबारे जानकारी गराउनु भएको हो । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ शहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, [...]

सास्कृतिक कार्यक्रम मार्फत सचेतना (फोटो सहित)

ज्वाला शन्देश । असोज ०६, दैलेख । आईतबार जिल्लाको भैरवी गाउँपालिकामा मर्यादित महिनावारी र बालबिवाहका बारेमा सचेतना जगाउनका लागी सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । भैरवी गाउँपालिकाकी उपप्रमुख पदम कुमारी बिष्टको प्रमुख आतिथ्यता तथा कचहरीकी अध्यक्ष अनिता बिश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि स्थानिय नागरिकहरुलाई मर्यादित महिनावारी तथा बालबिवाहका बिषयमा जानकारी मुलक सास्कृतिक प्रस्तुतीहरु राखिएको थियो । गाउँपालिकाका [...]
1 2 3 9