खोलामा आएको बाढी गैली वजारमा पस्दा लाखौको क्षती

खोलामा आएको बाढी गैली वजारमा पस्दा लाखौको क्षती

दुर्गा वि.सी.,सल्यान-सल्यानको पश्चिम क्षेत्रमा परेको अविर वर्षाका कारण सल्लीवजारको गैलीवजार डुवानमा परेको छ । ५ घण्टा सम्म परेको वर्षाले बन्गाड खोलामा वाढि आउँदा गैलीवजारमा निमार्णधिन पुलका कारण खोला वजारमा पसेको छ । खोला थुनिए पछि वजारमा खोला पस्दा मनिफर्निचर काष्ट उद्योग,शिशिर कीराना पसल,पुर्णिमा होटल,वेम्वो कटेज,दङगाली फोटो स्टुडियो, दङगाली स्टील उद्योग र अन्य दर्जन वढि घर किराहना पसलमा क्षेती पुगेको छ । विहान ६ वजेको समयमा खोलो वजारमा पसेको थियो । खोला वजारमा पस्न साद स्थानीय त्रसिद हुदै दौडादौडको अवस्था सृजना समेत भएको छ ।

त्यसै गरि सल्लीवजार देखि रुकुम चौहरजारी सडक समेत विहानै अवरुद्ध भएको छ । ५ किमी सडक स्तवृद्धिको ठाउँमा डबल कटिङ गरेका कारण सडकमा गाडि आवत जावत गर्न सकिरहेका छैनन् । ५ किमी सडकको बाटो चौडा, ग्रयावेल र पिच हुने भनिएको ९ महिना विती सक्यो बाटो ग्रयावेल नगर्दा पानी परेर पछि पैदल समेत हिड्न अफ्ठेरो हुने गरेको छ । बन्गाड खोलामा चैत्र महिनामा वाढि आएको यो पहिलो घटना हो । स्थानीय स्तरमा जथावाफी सडक खन्नले यो अवस्थाको सृजना उत्पन्न भएको जनाउने गरिएको छ ।

प्रतिक्रिया