एसईईकाे नतिजा सार्वजनिक

एसईईकाे नतिजा सार्वजनिक

असार १० काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार साँझ प्रकाशित गरेको छ ।

कार्यालयका अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका ४ लाख ५१ हजार ५ सय ३२ मध्ये ३।६ देखि ४ ग्रेड प्वाइन्ट ९जीपीए० १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् । गत चैत ८ देखि २० गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्ष पनि ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरिएको हो । ४६ हजार १ सय ३० जनाले ३।२ देखि ३।६ जीपीए ल्याएका छन् ।
त्यस्तै २।८ देखि ३।२ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४९ हजार ३७ जना छ । ७० हजार ५ सय १२ जनाले २।४ देखि २।८ जीपीए ल्याएका छन् ।

सबैभन्दा बढी १ लाख १० हजार ४३ जना विद्यार्थीले १।६ देखि २।० जीपीए प्राप्त गरेका छन् । ३५ हजार ५ सय ८४ जनाले १।२ देखि १।६ जीपीए र ५८ हजार ६ सय ८८ जनाले ०।८५ देखि १।२० जीपीए ल्याएका छन् ।

गत वर्षको एसईईमा सहभागी ४ लाख ४५ हजार ५ सय ६४ मध्ये नियमिततर्फ १२ हजार २ सय ८४ जनाले सबैभन्दा उच्चतम जीपीए ल्याएका थिए । नियमित प्राविधिकतर्फको एसईईमा सहभागी ८ हजार ९ सय ६ जनामध्ये ५ सय ३८ जनाले ०।६ देखि ४।० एभरेज जीपीए प्राप्त गरेका छन् । प्राविधिकतर्फ नै २।८ देखि ३।२ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी २ हजार ६ सय ५३ जना छ । साधारणतर्फ २५ हजार १ सय ३८ र प्राविधिक धारमा १० जनाले एक्जाम्टेड समूहबाट परीक्षा दिएका थिए ।

साधारण धारतर्फ नियमित, एक्जाम्टेड र प्राविधिकतर्फ पनि नियमित, एक्जाम्टेड गरी कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले आवेदन फाराम भरेका थिए । तीमध्ये २१ हजार ८ सय ९७ जना परीक्षामा अनुपस्थित भए । ४६ हजार ३ सय ८९ परीक्षार्थी परीक्षामा सहभागी भएको कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । तीमध्ये ९ जनाको सबै विषय र ११ जनाको एक विषयको परीक्षा रद्द गरिएको छ । प्राविधिक समस्या देखाउँदै कार्यालयले शनिबार तोकिएको समयभन्दा ५ घण्टा ढिलो नतिजा सार्वजनिक गरेको थियो ।

नतिजामा चित्त नबुझे परीक्षार्थीले पुनर्योग र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने कार्यालयले जनाएको छ । पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाईमा १५ दिनभित्र निवेदन दिन सकिनेछ । सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको परीक्षार्थीले पूरक ९ग्रेड वृद्धि परीक्षा० मा सहभागी हुन पाउनेछन् ।

उक्त परीक्षा आगामी साउन २४ गते हुने उनले जनाए । ६१ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको रेग्मीले बताए ।

कार्यालयले आगामी वर्षको एसईई परीक्षाको नतिजा भने सातवटै प्रदेशबाट प्रकाशन गर्ने जनाएको छ । त्यसको सम्पूर्ण व्यवस्थापन भने बोर्डले नै गर्नेछ ।

प्रतिक्रिया