जुम्लाबाट डा.केसीलाई काठमाडौं ल्याइयो
काठमाडौँ – सरकारको जर्बजस्ती र प्रहरी दमनपछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।अनसनस्थलमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै डा।केसीका समर्थकलाई घाइते बनाएपछि उनी काठमाडौं जान तयार भएका हुन ।
‘सरकार हिंसामा उत्रियो, प्रहरीले विद्यार्थीलाई समेत लाठी हानेको छ। अश्रुग्यास हानेको छ’, डा।केसीले भने, ‘यो हेर्न सक्दिनँ म काठमाडौं जान तयार छु।’ त्यहाँ पत्रकार सम्मेलन गरेर उनीलाई काठमाडौं ल्याइएको हो । उनलाई त्यहाँका स्थानीयबासी र जुम्ली आमसमुहले फुलमालासहति बिदाई गरेका छन् ।प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सक घाइते भएका छन्।
प्रतिक्रिया