प्रवासि युवाले गरे बालकलाई सहयोग

प्रवासि युवाले गरे बालकलाई सहयोग


दैलेख साउन ७ ।
जिल्लाको दुल्लु नगरपालिका– ५ का ११ बर्षिय बालक गणेश बिकलाई प्रवासी युवाले सहयोग गरेका छन् । भगवतिमाई गाउँपालिका – १ का शैलेन्द्र बहादुर भण्डारीले प्रवास बाटै रु ६ हजार ९ सय ८६ रुपैया सहयोग गरेका हुन् । हाल कतारमा रहेका भण्डारीले गुराँस कम्प्युट इन्ष्टिच्युट दुल्लुमा कार्यरत कृष्ण प्रसाद अधिकारीको नाममा सहयोग रकम पठाएका छन् । आर्थीक अवस्था कमजोर रहेका बालकलाई शैक्षिक सामग्री किन्नको लागी सहयोग रकम पठाइएको हो ।
स्थानिय सरकार आएको एक बर्ष भईसक्दा समेत यस्ता बालबालिकाको क्षेत्रमा कुनै पनि काम नगरेको बेलामा प्रवासी युवाहरूले बालकलाई सहयोग गर्दा स्थानिय सरकार भने मौन बसेको छ । बालक दुल्लुको बिजया माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्यनरत छन् । उनलाई एक बर्ष सम्मको लागी शैक्षिक सामग्री पु¥याउनको लागी यस अघी आवाज सस्थाले पनि शैक्षिक सामाग्री प्रदान गरेको थियो ।
बालकमा स्वरका धनी भएपनि अवसरको खोजी गर्न भने सकिएको छैन् । घरको आर्थीक अवस्थाका कारण बालकका लागि अवसरको खोजी गर्न नसकिएको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया