आशा आयोजनाको मध्यावधी अनुगमन

आशा आयोजनाको मध्यावधी अनुगमन

दैलेख मंसिर २१ ।
पहाडी तथा साना किसानका लागि अनुकुलन आयोजना (आशा) को मध्यावधिक अनुुगमन सम्पन्न भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अगुुवाई अन्तराष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोगमा संचालित उक्त जिल्ला आयोजना समन्वय ईकाइ दैलेखद्धारा संचालित कार्यक्रमको अनुुगमन सम्पन्न गरेको हो ।
आयोजनाले विगत ३ वर्ष देखि स्थानिय स्तरमा प्रत्यक्ष सहभागीतामा रहि जलवायूजन्य जोखिम र ति जोखिमसंग जूध्नका लागी आवश्यक अनुकुुनलका उपाय तथा स्थानिय स्तरमा गरिने विभिन्न गतिविधिको वारेका स्थानिय तहसंग हातेमालो गर्दै लापा तयार गरि विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ ।
आयोजनाले दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका,भगवतिमाई गाउँपालिका लगाएत डुुंगेश्वर गाउँपालिकाका विभिन्न वडामा ३५ वटा लापा तयार गरि जोखिम न्यनिकरणका लागी विभिन्न उप–आयोजना संचालन गर्दै आएको छ ।
आयोजनाले विकट बस्तिमा रहेका अति विपन्न तथा पिछडिएका समुुुदायका व्यक्तिको समस्या पहिचान गरि पानिको मुुहान संरक्षण, खानेपानी व्यवस्थापन, सिचाई कुुलो निर्माण, सिचाई पोखरी निर्माण, पहिरो नियन्त्रण, भल कुुलेसो व्यवस्थापन , आधुुनिक तथा जलवायूमैत्री कृषि प्रणाली, भकारो सुुधार, खोर सुुधार, वाख्रा वितरण, नश्ल सुधारका लागी उन्नत जातको वोका वितरण, विभिन्न स्थानमा नर्सरी स्थापना, लगाएतका कार्यक्रम संचालन गर्दै आईरहेको जिल्ला आयोजना संयोजक धर्मराज उपाध्यायले जानकारी दिए ।
यसका साथै जोखिममा रहेका समुुदायलाई मध्यनजर गरी खोला तथा नदिले कटान गर्ने स्थानमा जालिको व्यवस्था, तथा व्यवसायिक रुपमा व्यवसाय संचालन गर्नै व्यक्ति समुुदायलाई आथिक सहयोग गरिएको संयोजक उपाध्यायले जानकारी दिए । आगामी दिनमा पनि यस आयोजना लाई थप प्रभावकारी वनाउनका लागी विभिन्न सरेकारवाला सवैसंग हातेमालो गर्दै उनको भनाई छ ।
कार्यक्रमा विभिन्न विषयगत क्षेत्रवाट यस आयोजना जिल्लाकै ठुुलो र जलवायूू परिवर्तन सम्वन्धि काम गर्ने र अति विपन्न समुुदायमा रहेर काम गर्ने आयोजना भएकाले यस आयोजनालाई समय थप गरि जिल्ला भर नै विस्तार गर्नुपर्ने कार्यक्रमा सहभागीले सुझाव दिएका छन् ।
डुुंगेश्वर गाउँपालिका – ६ को वडा कार्यलयम सम्पन्न उक्त कार्यक्रममा अन्तराष्«िटय विकास कोषका नेपाल प्रतिनिधि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, आयोजना केन्द्रिय कार्यालयका प्रमुुख, जिल्ला समन्वयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रमुुख, आयोजना क्षेत्रिय कार्यालयका विभिन्न विषयगत शाखाका विज्ञ, सेवा प्रदायक संस्था सामाजिक सेवा केन्द्र (सोेसेक) का प्रतिनिधि, डुुंगेश्वर गाउँपालिका तथा भगवतिमाई गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव विभिन्न समुुह सहकारीका प्रमुुख एंवम प्रतिनिधि,लगाएत सरोकार वाला विभिन्न निकायको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण लापा संयोजक लोक वहादुुर शाहि र पशुुसेवा प्राविधिक सन्दीप विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया