‘छाउहुदाँ घरमै बस्नुहोस, देउता रिसाउदैनन्’

‘छाउहुदाँ घरमै बस्नुहोस, देउता रिसाउदैनन्’

चामुण्डा (दैलेख) ।
महिनावरी हुदाँ बढी सरसफाईको खाँचो पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले बताउनु भएको छ । बुधबार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिका महिला तथा बालबालिका सामाजिक विकास शाखाले आयोजनामा किशोरी विकास कार्यक्रम, जीवन उपयोगी तथा सेनेटरी प्याड बनाउने सम्बन्धी तीन दिने तालिमको उद्घाटन गर्दै यस्तो बताउनु भयो । ‘भगवान पार्वती, राधा लगायतका भगवत्ति छाउ हुन्थ्ये, ‘उनीहरु कहिले अल्गै छाउ गोठमा बस्थेनन् ।’ ‘छाउ वार्ने संस्कार देउताले बनाएका होइन, ‘यो परम्परा मानव समाजले संस्कार हो ।’ ‘छाउ वार्ने गलत संस्कार हो, यो गलत संस्कारको अन्त्य गर्न सोच परिवर्तन गर्नुपर्छ ।’ ‘महिनावारी हुदाँ तपाईहरु घरमै बस्नुहोस, दही दुध खानुहोस, देउता रिसाउदैनन,’ उहाँले भन्नुभयो । साथै आफ्ना समस्यालाई समधान गर्न युवतिहरुलाई उत्पादनमा जोडिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले युवतिहरुले मोवाईल र इन्टरनेटको दुरुपयोग नगर्न सुझाव दिनुभयो । –‘पढ्ने उमेरमा मोवाईल र इन्टरनेटको दुरुपयोग गरी उमेर नपुग्दै विवाह गर्छन ।’ ‘२०÷२२ वर्षको उमेरमा २÷३ वटा छोरा–छोरी जन्मिन्छन ।’ ‘उमेर परिपक हुन्छ, ‘भविष्यको चिन्ता गर्छन, श्रीमान श्रीमति बीच द्धन्द्ध सुरु हुन्छ ।’ ‘सम्बन्ध विच्छेद गर्न अदालत जान्छन ।’ उहाँले भन्नुभयो–
साथै विश्व हाक्नका लागि महिलाहरु आफैमा समक्ष हुनुपर्ने उहाँको जोड दिनुभयो । ‘महिलाहरु आत्महत्या गर्नका लागि जन्मिएका होइनौँ, केही गर्नका लागि जन्मिएका हौँ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाही र चामुण्डाविन्द्रासैनी नगरपालिका स्रोत व्यक्ति प्रेमलाल पुरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु सहभागीलाई आग्रह गर्नुभयो । उप प्रमुख शाहीको अध्यक्षता उद्घाटन भएको तालिममा नगरपालिका ९ वटै वडाका ६० जना युवतिहरुको उपस्थिति रहेको नगर महिला तथा बालबालिका कार्यालयका सहायक महिला विकास निरिक्षक मायाकुमारी सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया