पानी जिन्दगानी

पानी जिन्दगानी

गोपीनाथ मैनाली

प्रकृतिले निःशुल्क रूपमा दिएको महìवपूर्ण उपहार पानी हो । प्राणी र वनस्पति सबैै पानीसँग जोडिएका छन् । जैविक विविधताको आधार र जीवनचक्रको सञ्चालक पनि पानी नै हो । पानीको उपलब्धता हुँदासम्म यसलाई त्यति महìव दिइएन । एक शताब्दी अघिसम्म पानीको त्यति महìव हुँदैनथ्यो । मानिस थोरै थिए, आवश्यकता र उपयोग क्षेत्र पनि कम थिए, वनजङ्गल र जलाधार पनि सुरक्षित थिए । जलचक्र प्रणाली व्यवस्थित थियो । सन्तुलित जलचक्रका कारण पारिस्थितिक प्रणाली र जैविक विविधता सुरक्षित एवं गतिशील थिए । पछिल्ला दिनमा बढ्दो जनचाप, अविवेकशील विकास, अतिक्रमित जलाधार, प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनजस्ता कारण जैविक विविधता र पारिस्थितिक प्रणालीमाथि प्रतिकूल असर देखिँदै आएको छ ।
पृथ्वीमा उपलब्ध पानीमध्ये २ दशमलव ५ प्रतिशतमात्र पिउनयोग्य छ, जसको ६७ प्रतिशत ग्रीनल्याण्ड र अन्टार्कटिकामा बरफको रूपमा जमेर रहेको छ । बाँकी ३३ प्रतिशतमात्र पिउनयोग्य छ, जसको ८५ प्रतिशत सिँचाइमा, छ प्रतिशत घरायसी सफाइ र चार प्रतिशत औद्योगिक कार्यमा उपयोग हुँदै आएकोले पाँच प्रतिशतमात्र पिउन उपलब्ध छ । यस यथार्थले पानी निकै दुर्लभ वस्तु हो र पु¥याइपु¥याइ उपयोग गर्नुपर्ने आवश्यकता देखाउँछ । विश्वका साढे सात अर्ब मानिसमा दश जनामध्ये तीन जना स्वच्छ पिउनेपानीबाट वञ्चित छन्, छ जना सरसफाइबाट टाढा छन् । अहिले पनि ८९ करोड २० लाख जति मानिस खुला क्षेत्रमा दिशा गर्छन् । दुई अर्ब चालीस करोड शौचालयबिहीन छन् । करिब ४० प्रतिशत मानिस पानीको तनावमा छन्, ८० प्रतिशत तनावभार महिलामा छ । एक अर्ब ७० करोड मानिस नदी जलाधारमा असुरक्षित बसोबास गरिरहेकाले कुनै पनि समय पानीजन्य प्रकोप सामना गर्नुपर्ने जोखिममा छन् । शहर बजार र बस्तीबाट निस्पादित फोहरमध्ये ८० प्रतिशत विना शुद्धीकरण सीधै नदीमा मिसाइन्छ, जसका कारण पर्यावरणीय प्रणाली बिग्रिएको छ । फोहर पानीका कारण प्रतिदिन एक हजार बालबालिका मृत्युमा पुग्छन् । ७० प्रतिशत प्रकोप र महामारीको कारण पानी हो । बिग्रँदो पानी प्रणालीका कारण उत्पादन र जनस्वास्थ्य बिग्रेको छ । शताब्दीका तीन सबभन्दा जल्दाबल्दा सवाल खाद्य असुरक्षा, जलवायु परिवर्तन र पानी तनावमा अघिल्ला दुईलाई पछिल्लोले हाँक दिइरहेको छ । परिणामतः नीति निर्माता, वातावरणविद् र मानवतावादीहरू निकै पिरोलिएका छन्–जीवन प्रणाली र मानव सभ्यता कसरी सुरक्षित र दिगो बनाउने रु
विश्व पानी प्रतिवेदनले ‘पानीको पहुँचबाट कोही नछुटून्’ भन्नुको मतलव पानीको पहुँच नैसर्गिक मानव अधिकार हो भन्ने ध्यानाकर्षण पनि हो । पानी र सरसफाइसम्बन्धी विश्वविश्लेषण प्रतिवेदन ९ग्लास० का अनुसार दुई अर्ब ४० करोड मानिस पानी अधिकारबाट प्रत्यक्ष वञ्चित रहेकोले पानीलाई पहिलो रूपमा सोच्न घच्घच्याएको छ । जहाँ रहे पनि पनि पानी पहिलो हो, जे गर्दा पनि पानी पहिलो हो । त्यसैले घर परिवार, समुदाय, राष्ट्र हुँदै विश्व तहसम्मका नीति कार्यक्रममा पानी पहिलो प्राथमिकताको विषय हो । औपचारिकता र खेलाँचीको विषय यो हुनु हुँदैन किनकि पानी जिन्दगानी हो । सन् २००३ देखि पानीको यही महìवलाई विश्व पानी प्रतिवेदनले औंल्याउँदै आएको छ । पानीलाई पहिलो बनाउनु नागरिक कर्तव्य र सार्वजनिक दायित्व हो । तबमात्र हामीले चाहेजस्तो विश्व युगौंयुग पर्यन्त रहन्छ ।
अहिले सर्वत्र दिगो विकासको चर्चा छ । पृथ्वी, मानिस र समृद्धिको साझा कार्यसूची दिगो विकास लक्ष्यले पानीलाई सर्वव्यापी मानव अधिकारको विषय मानेको छ । दिगो विकास एजेण्डाले बढ्दो असमानता न्यूनीकरण, वातावरण सन्तुलन, प्राकृतिक स्रोतको व्यवस्थित उपयोग, जलवायु परिवर्तन न्यूनीकरणजस्ता विषयमा साझा कार्यप्रतिबद्धता प्रकट गरेको छ । यिनै हाम्रा जीवनका सबैभन्दा ठूला चुनौती पनि हुन््, जसलाई संवोधन गरेर नै स्वच्छ, सुसंस्कृत, सुरक्षित र समृद्ध मानव सभ्यता संस्थागत गर्न सकिन्छ । स्वच्छ पानी यसको केन्द्रस्थमा रहन्छ । किनकि स्वच्छ पानी मानव जीवनको सबै आयाम र दिगो विकासको आधार हो । त्यसैले लक्ष्य नं ६ एकल नभएर अन्तरसम्बन्धित विषय हो । अरू लक्ष्य पूरा गर्न पनि यसले भूमिका खेल्छ । जस्तो कि गरिबी निवारण, स्वास्थ्य सुविधा, कृषि उत्पादन, ऊर्जा, जैविक विविधता लगायतका क्षेत्रहरूमा पानीले आधार शर्तका रूपमा कार्य गर्छ । समाज, विकास र वातावरणबीच संयोजित अन्तरसम्बन्धको सूत्र पानी बन्नु पर्छ ।
जलवायु परिवर्तनको असर पानीमार्फत देखिँदै आएको छ । जलवायु परिवर्तनका कारण पानीको उपलब्धता घटेको छ, वितरण र वर्षामा असमानता देखिएको छ । जलाधार मासिएकाले पहिरो र प्रकोप बढेको छ । सबैभन्दा डरलाग्दो पक्ष मनसुनको प्रकृति बदलिएको र यसले उत्पादन प्रणालीमाथि गम्भीर सङ्कट ल्याउँदैछ, जसले समुदाय, राष्ट्र र विश्वलाई नै गम्भीर चुनौती दिएको छ । जलवायु परिवर्तनको असर घटाउने र अनुकूलन बढाउने नीति मागको दह्रो पक्ष पानी तथा जलाधारको दिगो व्यवस्थापन हो ।
पानी पैसा र प्रविधिसँग मात्र सम्बन्धित छैन, धनी तथा गरिब सबै मुलुक यसको समान चुनौतीमा छन् । किनकि प्रकृति सबैका लागि बराबर हो, सबैका लागि पानीमाथि समान आवश्यकता छ, समान अधिकार छ । कुनै समाज तत्कालको चुनौतीमा होला, कुनै केही पछि चुनौतीमा होला । सबैको लागि यो मौन सङ्कट हो र सधैंका लागि समाधान गर्नैपर्ने विषय पनि । त्यसैले दिगो विकास लक्ष्यले पानीसम्बन्धी सरोकारका सबै विषयलाई समेटेको छ । यसले ९क० पानीको सर्वसुलभ पहँुच, ९ख० सरसफाइको सर्वसुलभ पहुँच र खुला दिशामुक्त समाज, ९ग० पानीको गुणस्तर सुधार, ९घ० पानीको दक्षतामूलक उपयोग, ९ङ० पानी इकोसिस्टम ९सिमसार, नदी तथा पहाडी जलाधार० को सुरक्षा, ९च१० सहयोग र क्षमता विकास र ९च२० सरोकारवाला समुदायको सहभागिता सहायक लक्ष्यलाई उल्लेख गरेको छ ।
स्वच्छ पानीको उपलब्धताका दृष्टिमा हामी विश्वका अन्य मुलुकभन्दा भाग्यमानी छौं । छ हजारभन्दा बढी हिमनदी बाह्रै महिना बगिरहन्छन्, जसमा पानीको कुल परिमाण दुई खर्ब ३१ अर्ब घनमिटर रहेको अनुमान छ । यस दृष्टिकोणले नेपालका हिमपहाड हिन्दकुश क्षेत्रकै पानीभण्डार ९वाटर टावर० कहलिन्छन् । विडम्बना अहिले पनि ८७ प्रतिशत जनसङ्ख्यामा मात्र खानेपानी पूर्वाधारको पहुँच पुगेको छ, जसमध्ये ४९ दशमलव ५ प्रतिशत पाइप संरचना मात्र पानी आपूर्ति गरिरहेका छन् । कुल जनसङ्ख्यामध्ये ८२ दशमलव ५२ ले असुरक्षित पानी उपयोग गरिरहेका छन् । ८५ प्रतिशत सर्वसाधारणमा सामान्य सरसफाइ पहँुच छ भने ६७ दशमलव ६ प्रतिशतमा मात्र आफ्नै शौचालय छ । शहर बजारका पनि केवल ३० प्रतिशत घरहरू ढलसेवामा आबद्ध छन् तर ढलको शुद्धीकरण र निस्पादन प्रणाली नभएकाले नदी जैविक प्रणाली गम्भीर खतरामा छन् । यसले मानव जनस्वास्थ्यलाई सीधंै चुनौती दिइरहेको छ ।
पानीको मूल सुक्नाले पहाडबाट तलतिर बसाइ सर्ने प्रवृत्ति बढेको छ । अर्को शताब्दीमा पुग्दा ठूला नदीमा एकचौथाइ पानी परिमाण घट्ने आशङ्का छ तर हामीले संविधानमा स्वच्छ वातावरण ९धारा ३००, स्वास्थ्य ९धारा ३५० र उपभोक्ताको हक ९धारा ४४० लाई उल्लेख गरी स्वच्छपानी र सरसफाइलाई मौलिक हकमा स्थापित गरेका छौं भने सन् २०३० सम्म सबैलाई आधारभूत तहको स्वच्छ पिउने पानी र सुधारिएको सरसफाइ सेवामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छौं, जुन निकै चुनौतीपूर्ण देखिएको छ ।
पानीको यस स्रोतलाई व्यवस्थित संरक्षण र उपयोग गरेर नै हाम्रो र भावी पुस्ताको आवश्यकता पूरा गर्न सकिन्छ । हाम्रो कर्तव्य हाम्रो पुस्तामात्र सुरक्षित रहने नभई आउने पुस्ताका लागि सुरक्षित वातावरण र सुविधायुक्त सेवा सहितको प्रणाली हस्तान्तरण गर्ने पनि हो । हाम्रो कर्तव्य मानव स्वास्थ्य र सुविधामा मात्र केन्द्रित हुने होइन, अन्य जैविक वंशअनुवंश र जाति प्रजातिका पनि अवस्था सुरक्षित गर्नु पनि हो, किनकि मानवीय आवश्यकताको दिगो पूर्तिका लागि वनजङ्गल, जलाधार र जैविक विविधता संक्षरण अति नै आवश्यक छ । मानव सभ्यताका लागि प्राणी तथा वनस्पतिको दिगो अन्तरसम्बन्ध कायम राख्नु आवश्यक छ, जसको केन्द्रमा पानी रहन्छ । मानव सभ्यता नदी किनारमा नै विकास भएको थियो, किनकि त्यहाँ प्राणी र वनस्पतिको अन्तरसम्बन्ध सहज थियो र मानिसले त्यसबाट आफूलाई चाहिने सेवा लिनसक्थ्यो । अब सबै तहका सरकार, नागरिक, समुदाय र नीतिविदले आआफ्नो कर्तव्य बुझेर आफैंप्रति, आफ्नो भविष्य र आउँदो पुस्ताका लागि पानी व्यवस्थापनमा संवेदनशील हुनुपर्छ ।

लेखक नेपाल सरकारका सचिव हुनुुहुन्छ ।

प्रतिक्रिया