बाल विवाह : सामाजिक मान्यता जिम्मेवार

बाल विवाह : सामाजिक मान्यता जिम्मेवार

सिमकोट चैत १० – अहिलेको जमानामा पनि बाल विवाह रोक्न निकै प्रचार प्रसार गरिएको भए पनि त्यो सुत्र प्रभावकारी हुन सकेको छैन् । झन सदरमुकाम सिमकोट रहेको गाँउपालिकामा एक महिनामा तीन वटा बाल विवाह भइ रहे पछि त्यसलाई ठाडै चुनौती दिइएको पाईएको हो ।
फागुन महिना लागे पछि मात्रै दुई वटा बालविवाह भएका छन् । जसमा यस पालीको चैत्र १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परिक्षा ९ एसईई ० दिने जोडी रहेका छन् । जसमा खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचकी समसा भण्डारी र सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सुनिता रोकाया, सिमकोट २ कै बलजित बोहरा पर्नु भएको छ । यस अघि माघ महिना पनि यस्तै अर्को जोडीले पनि विवाह गरेको थियो ।
एक हप्ता अगाडी बाल विवाह गर्नु भएकी १६ बर्षीया सुनितालाई माईती पक्षले केटाको घरमै गएर रोक्ने प्रयास नगरेका पनि होईनन तर केटीले म मन परेर बिबाह गरेकी हुँ भने पछि माईती चुपचाप बस्नु पर्यो सिमकोट पाँचका सुरत रोकायाले बताउनु भयो । यो भन्दा अझ रोचक पक्ष त भण्डारीको छ । उहाँलाई विवाह गरेर लिएको केटाको घरबाटै माईती पक्षले फिर्ता लिएको भए पनि पछि केटी आफै आएकी छन् ।
बाल विवाह बर्षेनी रुपमा हुने गरे पनि यस विरुद्ध कसैले बोल्न र उजुरी दिन नसक्नु मुख्य कमजोरी भएको महिला मानव अधिकार रक्षक जिल्ला संजालका अध्यक्ष गंगा बोहराले बताउनु भयो । एक जना बालिकाले बाल विवाह गरेमा उजुरी दिएर विवाह स्थगित गर्न सकेको भए यो न्यूनीकरण हुने भए पनि अर्को संग गएकी बालिका जुठी ९ कुमारीत्वहरण ० भएकी भनेर कसैले यसमा बोल्नै चाहदैनन् र त्यसैले त अहिले यसले मौलाउन पाएको उहाँले बताउनु भयो । अब घरमा छोरीलाई सबैले पढाउन थाले झन पढ्दा पढ्दै सबैले विवाह गर्नेको संख्या बढ्न थाल्यो र समस्या कै रुपमा आएको उहाँले बताउनु भयो । बरु यो बारेमा बाहिर बोलेर बेईज्जती गर्नु भन्दा चुप लाग्नु नै बेश मान्छन, त्यसैले अझ पढे लेखेकैबाट पनि सहयोग नभएको उहाँले बताउनु भयो ।
अहिलेको जमानामा साह्रै अन्याय भयो बाल विवाह न्यूनीकरण भएको हुनु पर्नेमा यसले त झन बढवा पाएको देखियो सिमकोट गाउँपालिका महिला शाखाका प्रमुख ममता महतले बताउनु भयो । यसका लागि सामाजिक दबाब आवश्यक रहे पनि सामाजिक मुल्य र मान्यताको कारण कसैले त्यस विरुद्ध बोल्न नसक्ने भएको कारण यस्तो भएको हो । अब यो विरुद्ध गाउँपालिकाबाट अभियान नै संचालन गर्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । बाल विवाह यसरी बढ्नुमा समाज मुख्य दोषी रहेको प्रहरीले बताउने गरेको छ । प्रहरी आफैले जान्ने कुरा भएन कसैले उजुरी वा जानकारी दिदैन , त्यही भएर प्रहरीलाई थाहा नै नहुने गरेको हो ।

प्रतिक्रिया