हुम्लाबाट ३० खेलाडीकोे सहभागिता

हुम्लाबाट ३० खेलाडीकोे सहभागिता

सिमकोट चैत २७ – आगामी वैशाख ५ गतेबाट नेपालगंजमा संचालन हुने आठौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट हुम्ला जिल्लाका ३० जना खेलाडीहरुले सहभागिता जनाउन पाउने भएका छन् । केही दिन अगाडी उक्त प्रतियोगिताका लागि प्रदेश स्तरमा सम्पन्न छनौट चरणको प्रतियोगिताबाट ती खेलाडीहरु छनौट भएका हुन ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सात वटा खेलमा ३० खेलाडी छनौट भएको र वैशाख ५ गतेबाट नेपालजंगमा संचालन हुने सो प्रतियोगितामा खेलाडीहरुले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहोराले बताउनु भयो । छनोट भएका खेल र खेलाडीहरुमा फुरुषतर्फ फुटबलमा चार, कबड्डीमा एक जना, बास्केटबलमा दुई जना, बुद्धिचालमा दुई जना, बक्सिङ्गमा एक जना र बास्केटबलमा १८ जना त्यस्तै महिलातर्फ टेबल टेनिसमा दुई जनाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उहाँले बताउनु भयो । छनोट भएका सबै खेलाडीहरु हाल नेपालगंज गई यतिखेर प्रशिक्षणमा रहेको उहाँले बताउनु भयो । हुम्लाबाट हालसम्मकै सबै भन्दा बढी खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागिता जनाएको उहाँले बताउनु भयो । सो प्रतियोगिता आगामी वैशाख पाँच देखि ११ गतेसम्म संचालन हुँदैछ । केही खेलहरु भने आजबाट संचालन हुँदैछन् ।

प्रतिक्रिया