आजदेखि केपीएल, छक्का समात्ने दर्शकलाई एक हजार

आजदेखि केपीएल, छक्का समात्ने दर्शकलाई एक हजार

सुर्खेत वैशाख १२– सुर्खेतको वीरेन्द्रनगरमा आज (बिहीवार) देखि कर्णाली प्रिमियर लिग ९केपीएल०को दोस्रो संस्करण सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय सहित ८ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता सञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पूर्ण तयारी पूरा भएको आयोजक कर्णाली क्रिकेट एकेडेमीले जनाएको छ ।
आज हुने उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ र झापाको लालिगुराँस क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटनमा एक खेल हुने भएपनि अन्य दिनमा भने दुई खेल हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए । आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । समुह ‘ए’ मा घरेलु टोली कर्णाली–११, त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम किक्रेट कल्ब र लालिगुराँस क्रिकेट एकेडमी रहेका छन् ।

समुह ‘बी’मा सशस्त्र प्रहरीको एपिएफ, महेन्द्रनगर क्रिकेट एकेडेमी, न्यू होराईजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् । लिग–कम नक–आउट फर्म्याटमा सञ्चालन हुने प्रतियोगितमा २ समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन् । लिगको विजेताले पाँच लाख पाउने छ ।

प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०र२० हजार प्राप्त गर्नेछन् । यस्तै फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया