श्रीमती हत्या गर्नेलाई १० वर्ष कैद

श्रीमती हत्या गर्नेलाई १० वर्ष कैद

वैशाख २३, हेटौडा – श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका-५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

२०७५ असार २८ गते राति छिमेकीको भोज खाएर आएका थिङले सुतिरहेकी श्रीमतीलाई ओछ्यानमै काठको गजबारले हिर्काएर हत्या गरेका थिए ।थिङका छोराछोरी दुवैले सुरुमा बावुले मादक पदार्थ सेवन गरेर आमाको हत्या गरेको प्रहरीमा बयान दिएका थिए । तर अदालतमा बावुले आमाको हत्या नगरेको बयान दिएका थिए ।

प्रतिक्रिया