बाल विवाह र छाउप्रर्थाबारे छलफल

बाल विवाह र छाउप्रर्थाबारे छलफल

दैलेख जेठ ३ गते ।
दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ को कोपीका स्थित सरस्वती प्राथमिक विद्यालयमा बाल विवाह र छाउप्रर्था सम्बन्धि छलफल गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावकहरुसँग बाल विवाह र छाउप्रर्था सम्बन्धि छलफल गरिएको हो । विद्यालयको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारी र गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजना दोस्रोको सहजिकरणमा छलफल गरिएको हो । विद्यालयका शैक्षिक सवालहरुको पहिचान र सम्बोधनका लागि विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावकसंगको त्रैमासिक बैठकमा बाल विवाह छाउप्रर्था सम्बन्धि छलफल गरिएको बालमैत्री स्थानीय शासन अभियानकर्ता मनिषा खड्काले बताउनुभयो ।

प्रतिक्रिया