देशैभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

देशैभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

१६ जेठ, काठमाडौं । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा। युवराज खतिवडाले बताए ।

यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले सो कार्याका लागि १ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् । उक्त रकमले ८३ हजार युवालाई सीप सिकाउन सकिने सरकारले लक्ष्य छ ।

प्रतिक्रिया