विद्यालय हाता र बजार सरसफाई

विद्यालय हाता र बजार सरसफाई

दैलेख – कालिकोटको पलाँता गाउँपालिका वडा नं. ९ थिर्पु स्थित सरस्वती माध्यामिक विद्यालयको हातामा बुधवार सरसफाई गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर विद्यालय हाता सरसफाई गरिएको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र किडार्क नेपालको सहजिकरणमा मनाइएको दिवस तथा २० औँ राष्ट्रिय सरसफाई सप्ताहका अबसरमा विद्यालय हाता र बजार सरसफाईसँगै विविध कार्यक्रम गरिएको थियो । त्यस अघि सोहि विद्यालय हुँदै घाटाचौरसम्म ¥याली समेत गरिएको थियो ।
‘स्वच्छ वायु, स्वच्छ जीवन’ नारा सहित आयोजित दिवसमा ¥याली पश्चात कोण सभा गरिएको थियो । सोसेकका फिल्ड अधिकृत इन्द्र बहादुर थापाले संचालन गर्नुभएको कार्यक्रममा किडार्कका कर्मचारी धन बहादुर केसी र लिलाराम न्यौपानेले कार्यक्रमबारे प्रष्ट पारेका थिए ।
कार्यक्रम पलाँता गाउँपालिका वडा नं. ९का वडाध्यक्ष टक्क बहादुर बमको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ । कार्यक्रममा निर्वाचित जनप्रतिनीधि, आमा समुह, महिला समुह, बाल क्लब, युवा क्लबका पदाधिकारीहरु स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया