बालमैत्री विधिबाट शिक्षण

बालमैत्री विधिबाट शिक्षण

दैलेख- त्रिभुवन मावि दैलेखका प्रधानाध्यापक निरक तारामीले बालबालिकाको सिर्जनशीलता थप्न बालमैत्री विधिबाट शिक्षण प्रणालीलाई विद्यालयहरुले अवलम्वन गर्दै आएको बताउनुभएको छ । नारायण नगरपालिकाले शनिवार देखि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्वन्धी दुई दिने कार्यक्रममा सो विचार राख्नुभएको हो ।
नारायण नगर क्षेत्रका ३५ भन्दा बढी बालबालिका सहभागिता रहेको तालिममा बाल मैत्री स्थानीय शासन, बाल अधिकारका क्षेत्र, बाल मनोविज्ञान, बाल न्याय र बालविवाह रोकथाम विषयमा खमबहादुर थापा, गोमा केसी, अमर सुनार, दुर्गा गिरी लगायतले प्रशिक्षण दिइरहनुभएको बताइएको छ ।

प्रतिक्रिया