बाढीपहिरोबाट ६७ जनाको मृत्यु

बाढीपहिरोबाट ६७ जनाको मृत्यु

काठमाण्डाै असार ३० गते । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार दिउस सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया