बाल संरक्षण समितिलाई विपद् व्यवस्थापन तालिम

बाल संरक्षण समितिलाई विपद् व्यवस्थापन तालिम

दैलेख साउन ३ गते ।
वडा बाल संरक्षण समितिलाई विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा समितिको क्षमता विकास गर्ने उदेश्यले तीन दिने तालिम प्रदान गरिएका हो । गुराँस गाउँपालिकाको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाद्धारा आयोजित तालिममा नागरिकले आफ्नो काम, कर्तव्य र अधिकारको महसुस नगरी अधिकारको मात्रै वकालत गर्नाले चाहेजस्तो गरी विकास हुन नसकेको गुराँस गाउँपालिका –८ का वडाअध्यक्ष तथा वडा बालसंरक्षण समितिका संयोजक पूर्णबहादुर ओलीले बताए ।

‘विपद्को बेला सहयोगी भावना, समुदायमा जागरण र मनमा इच्छा शक्तिको आवश्यकता हुने ओलीको भनाई थियो । ‘सामान्य विपद्ले व्यक्ति वा परिवार मात्र प्रभावित हुने भए पनि अधिकाँश विपद्को असर समाजमाथि नै पर्ने गर्दछ,’ उनले भने ‘गाउँपालिका भरी नै विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर लागु गर्न आवश्यक छ ।’
तालिमका सहभागी पदम कुमारी खड्काले विपद्ले समाजमा तत्कालिन प्रभावसँगै दिर्घकालिन असर पनि छोड्ने भएकाले यसको समयमै व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘बालबालिकाहरु अहिले पनि विभिन्न प्रकारका सेवा सुविधाहरुबाट बञ्चित रहेका छन्,’ उनले भनिन ‘जोखिममा रहेका बालबालिकाको राहत तथा पुनस्र्थापनाका लागि वडा बालसंरक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ ।’
विपद् जोखिम व्यवस्थापन चक्र, विपद् जोखिम न्यूनिकरण सम्बन्धी राज्यका नीति, रणनीति र निर्देशीकाहरु, समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा, विपद जोखिम व्यवस्थापन कार्यदल, सहभागितामुलक संकटासन्नता र क्षमताको आकलन, समुदायको विपद् जोखिम अवस्था विश्लेषण लगायतका विषयमा सहजकर्ता रमा भण्डारीले सहजीकरण गरेकी थिइन् ।
नेपालीले विगत लामो समय देखि नै विपद्को निरन्तर जोखिममा रहनु परेकाले सुरक्षित रुपमा बाँच्न पाउने अधिकार हनन् भएको सामाजिक सेवा केन्द (सोसेक) नेपाल, दैलेखका बालअधिकार तथा बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । ‘मानव सभ्यतासँगै प्रारम्भ भएको सामाजिक द्धन्द्धले पनि विपद्को भयावह अवस्था सिर्जना गरेको छ,’ अधिकारीले भने ‘समुदायस्तरमा वडा बालसंरक्षण समितिले विपद्बाट हुन सक्ने जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निभाउनेछ ।’

प्रतिक्रिया