बार्षिक प्रगति समिक्षा सुरु

बार्षिक प्रगति समिक्षा सुरु

दैलेख साउन १३ गते । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि दैलेख सदरमुकाममा सुरु भएको छ । गत आर्थिक बर्ष २०७५/०७६ मा विभिन्न विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारीमा कर्णालीका दैलेख, कालिकोट र सुदुरपश्चिमको अछाम जिल्लामा सञ्चालन भएको कार्यक्रम र परियोजना सहित संस्थाको आन्तरिक कोष मार्फत संचालित क्रियाकलापहरुबारे बार्षिक समिक्षा गर्न गोष्ठि सुरु भएको गोष्ठिको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा, उपाध्यक्ष टिकादेवी जैसी लगाएतले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
गोष्ठिको उद्घाटन गर्नुहुँदै अध्यक्ष थापाले संस्थाको गरिमालाई थप उचाईमा पु¥याउन कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महिला र बालबालिकाको सवालमा सबैको समान बुझाई हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष थापाले संस्थाबाट संचालित कार्यक्रम परियोजनाहरुले निर्दिष्ट गरेका लक्ष्यका साथै संस्थाको रणनैतिक योजना र लक्ष्य प्राप्तीमा कर्मचारीहरुबाट भरपुर सहयोगको अपेक्षा गर्नुभयो ।

महासचिव दुर्गा श्रेष्ठले कर्मचारीलाई आईपर्ने समस्याहरु समाधानका लागि कार्यसमितिको भरपुर सहयोग रहने बताउनुभयो । उपाध्यक्ष टिकादेवी जैसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सचिव लक्षमण कुमार कार्कीले समिक्षा पश्चात आगामी योजना तुर्जमा गर्दा विगतमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै संस्थाको गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार विशाल सुनारले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले संचालन गरेको कामको प्रशंसा गर्दैै सोसेक जिल्लाका अग्रणी संस्थाको रुपमा परिचय बनाएको बताउनुभयो ।

दुई दिनसम्म संचालन हुने वार्षिक प्रगति समिक्षा, तथा रणनैतिक योजना तर्जूमा गोष्ठीमा संस्थाद्धारा संचालन भएका विभिन्न कार्यक्रमहरुको जानकारी एवं प्रगति चुनौती र आगागी बर्षहरुमा गरिने योजनाहरु निर्माण गरिने उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गोष्ठिले परियोजनाहरुको प्राथमिकता र यसको विधाहरुको बारेमा स्पष्ट जानकारी गराउने, परियोजनाको व्यापक छलफल गरी कार्ययोजना तयार गर्नेछ । यस्तै संस्थाद्धारा संचालित विभिन्न परियोजनाको बारेमा समान बुझाई र धारणाको विकास गराउने र विभिन्न परियोजना तथा कार्यक्रममा कार्यरत कर्मचारी विच आपसी अनुभव आदान प्रदान हुने उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचलान भएका सहयात्रा दोस्रो परियोजना, आधार परियोजना, महिला तथा बालबालिका केन्द्र, राउटे परियोजना, एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, अधिकारमुखि जिविकोपार्जन सुधार परियोजना, साकार परियोजना, आशा आयोजनाकोको प्रस्तुतीकरण भईरहेको छ ।

प्रतिक्रिया