संस्थागत सामाजिक तथा लैंगिक परिक्षण

संस्थागत सामाजिक तथा लैंगिक परिक्षण

दैलेख, जिल्लाको क्रियाशिल संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो १२ औं सामाजिक तथा लैंगिक परिक्षण सम्पन्न गरेको छ । सोसेक नेपालले सामाजिक क्षेत्रमा झण्डै साढे सात करोड बजेट खर्च गरेको छ । महिला, दलित, बालबालिका, विपन्न समुदाय, अपांगता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेकले विभिन्न परियोजना तथा कार्यक्रम मार्फत समुदाय स्तरमा सात करोड सात करोड ४१ लाख ७२ हजार सात सय ४८ बजेट खर्च गरेको हो । गत आर्थिक बर्ष २०७५÷२०७६ को कुल सात करोड, ४३ लाख ८९ हजार नौ सय ४० रुपैयाँ बजेट मध्ये उक्त रकम खर्च भएको उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । सोसेकको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षणमा उपकार्यकारी निर्देशक श्रेष्ठद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनमा उक्त रकम खर्च भएको उल्लेख छ ।

सेभ द चिल्डे«नको साझेदारीमा संचालित सहयात्रा परियोजना (पहिलो÷दोस्रो) मार्फत गुणस्तरीय शिक्षा, बाल संरक्षण, बाल अधिकार शासनको क्षेत्रमा झण्डै दुई करोड २३ लाख ५० हजार रुपैयाँ बजेट खर्च भएको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । उहाँका अनुसार एईआईएन÷टिडिएच जर्मनी नेपालको सहयोगमा संस्थाद्धारा संचालित महिला, यूवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम अन्तरगर्त बाल अधिकार, यूवा अधिकार, महिला अधिकार, महिला स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा ४० लाख १३ हजार रुपैयाँ खर्च भएको छ ।

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालसँगको साझेदारीमा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले खानेपानीका योजनाहरुको निर्माण, पूर्ण सरसफाइ अभियान संचालनको क्षेत्रमा २१ लाख ५६ हजार रुपैयाँ खर्च गरिएको छ । डिसिएको सहयोगमा संचालित उत्थानशिल जीविकोपार्जन सवलिकरणका लागि सामुदायिक अनुकूलन क्षमता अभिवृद्धि परियोजनाले गरीब तथा सिमान्तकृत समुदायको प्राकृतिक श्रोत, आर्थिक श्रोतमा पहूंच वृद्धि, कृषि उपजको उत्पादन तथा बजारिकरण र विपद् जोखिम न्यूनिकरण क्षेत्रमा १ करोड १३ लाख १६ हजार रुपैयाँ खर्च गरिएको छ ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना मार्फत जलउपयोग गुरुयोजनामा प्राथमिकता अनुसारका योजनाहरुको निर्माण गर्ने, सरसफाइमा समुदाय परिचालन, जीविकोपार्जन प्रवद्र्धन र क्षमता विकासको क्षेत्रमा ३६ लाख ७७ हजार खर्च भएको छ । अधिकारमूखि जीविकोपार्जन सुधार परियोजना मार्फत गरीब तथा विपन्न घरधुरीको कृषि उत्पादनबाट आयमा वृद्धि, जोडी परिचालनको माध्यमबाट सामाजिक परिचालन, शिक्षा र स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धि तथा स्थानीय निकायमा गरीब तथा विपन्न वर्गको पहुंच वृद्धिमा जनचेतना अभिवृद्धिको क्षेत्रमा ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

राउटे परियोजना मार्फत राउटे समुदायको सरसफाई, स्वास्थ्य र जीविकोपार्जनमा सुधारका लागि २७ लाख ६४ हजार बराबरको बजेट खर्च भएको संथाले जनाएको छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजनामा सामाजिक परिचालन जलवायू अनुकूलन, वातावरण संरक्षण तथा क्षमता अभिवृद्धि ९८ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । महिला तथा बालबालिका केन्द्र र बाल हेल्पलाईन १०९८ मार्फत जोखिममा परेका महिला तथा बालबालिको उद्धार, मनोविमर्श, संरक्षण, कानूनी परामर्श, पूनस्र्थापनाको क्षेत्रमा ४३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । जल उपयोग गुरुयोजना (भगवतीमाई) मार्फत जलश्रोतको बिस्तृत विरण तथा गुरु योजना तयारीका लागि ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनम उल्लेख भने जल उपयोग गुरुयोजना दुल्लु नगरपालिकामा ३ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ । आधार परियोजना मार्फत बाल अधिकार, यूवा अधिकार, महिला अधिकार, महिला स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा ४३ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ । बाल संरक्षण, छाउपडी, बालविबाह तथा बाल अधिकार शुसासन कार्यक्रम बाल अधिकार, यूवा अधिकार, महिला अधिकार, महिला स्वास्थ्य, चेतना अभिवृद्धिको क्षेत्रमा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

कालिकोटको पलाँता गाउँपालिकाका अग्नीपिडितका लागि राहत सहयोग कार्यक्रम अग्नी पिडितलाई आपतकालिन राहत सहयोग २ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने संस्थाको आन्तरिक लगानी २ लाख ९५ हजार र एम्बुलेन्स सेवाका लागि ८ लाख ९३ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कर्णालीका दैलेख, सुर्खेत, कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाममा विभिन्न कार्यक्रम÷परियोजना संचालन गरिरहेको अध्यक्ष हीरासिंह थापाले बताए

प्रतिक्रिया