त्रिविको उपकुलपतिमा ‘खन्चुवा’को आँखा

त्रिविको उपकुलपतिमा ‘खन्चुवा’को आँखा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदावधि सकिनै लाग्दा नयाँ उपकुलपति बन्न केही व्यक्तिले दौडधुप सुरु गरेका छन् । आफ्नो पाँचवर्षे कार्यकाल सिध्याएर डा. तीर्थ खनियाँ आगामी भदौदेखि सेवानिवृत्त हुँदै छन् । खनियाँ नेपाली कांग्रेसको सरकार हुँदा उपकुलपतिमा नियुक्त भएका हुन् ।

डा. खनियाको अवधि सकिन केही समय बाँकी छँदा उपकुलपति बन्न रहर गर्नेहरू धेरै देखिन थालेका छन् । उपकुलपतिको दौडमा योग्यता पुगेका प्राज्ञिक क्षेत्रका व्यक्तिहरू लागिपर्नु स्वाभाविकै हो । तर, यसपटक उपकुलपतिको दौडमा भने यस्ता व्यक्ति पनि भित्रभित्रै लागिपरेका छन्, जुन व्यक्तिले विगतदेखि नै विभिन्न निकायमा महŒवपूर्ण जिम्मेवारीहरू पाउँदै आएका छन् । ती व्यक्ति हुन्– मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला ।

त्रिविको उपकुलपति बन्नका लागि डा. खनालले अहिलेदेखि नै तीव्र लबिङ थालिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएसम्म उपकुलपति बन्न सकिँदैन भन्ने बुझेका डा. कोइरालाले यस बीचमा प्रधानमन्त्रीलाई समेत रिझाउने काम गरिसकेका छन् । केही समयअघि प्रधानमन्त्री ओलीकै हातबाट उनले आफ्नो व्यक्तित्व चम्काउने एउटा पुस्तक विमोचन गर्न लगाए । प्रधानमन्त्री निवास बालुवाटारमा डा. कोइरालाको व्यक्तित्व झल्काउने पुस्तक ‘गोल्डेन रेज ः कोलन फोएच अफ भ्वाइस चान्सलर प्रा.डा. उपेन्द्र कोइराला’ प्रधानमन्त्री ओलीले विमोचन गरेका थिए ।

निकै महँगो र आकर्षक कागजमा छापिएको उक्त पुस्तकमा डा. कोइरालाका तस्बिरहरू मात्र रहेका छन् । आफूले गरेका कार्यहरूको बढाइचढाइ गर्ने हेतुले सो पुस्तक प्रकाशित गरिएको सहजै बुझ्न सकिन्छ । डा. कोइरालाका तस्बिरहरू र उनको प्रशंसाले भरिएको सो पुस्तकको प्रकाशन खर्च भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नै बेहोरेको हो । आफ्नो सफलताको गाथा भरिएको पुस्तकको प्रकाशन खर्च विश्वविद्यालयलाई बेहोर्न लगाएपछि त्यसको आलोचनासमेत हुन पुगेको बताइन्छ ।

आफ्नो पुस्तक विमोचन प्रधानमन्त्री ओलीबाट गराउनुलाई डा. कोइरालाको ओलीलाई खुसी तुल्याउने रणनीति रहेको बताइन्छ । ओलीलाई प्रभावित पारेर त्रिविको रिक्त हुन लागिरहेको उपकुलपतिमा नियुक्त हुन यी सबै प्रपञ्च मिलाइएको बुझिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा डा. कोइरालाको अवधि आगामी कात्तिकसम्म मात्रै रहेको छ र आफ्नो पदावधि सकिनुअगावै त्रिविको उपकुलपति बन्ने दौडमा उनी लागेको बताइन्छ ।

डा. कोइरालालाई धेरै अवसर जिप्ट्याउने व्यक्तिका रूपमा चिनिन्छ । विगत डेढ दशकयता उनले नचहारेका ठाउँ कमै छन् । अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति रहेका उनी यसअघि भने तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । परिषद्मा रहँदा उनले अनियमितता गरेको आरोप पनि झेलेका थिए । परिषद्को उत्तरपुस्तिका छपाइमा अनियमितता गरेको भनी उनीविरुद्ध संसदीय समितिमा समेत उजुरी परेको थियो । तर, पछि त्यो उजुरी त्यत्तिकै ठिसमिस हुन पुगेको थियो । त्यसअघि भने नेपाल आयल निगमको कार्यकारी निर्देशक पनि बनेका थिए ।

एउटै व्यक्तिलाई पटकपटक आकर्षक पदमा नियुक्त गर्न नहुने कुरा नेकपा वृत्तमा चले पनि त्यस्ता कुराहरूलाई पन्छाएर उनले पटकपटक नियुक्ति पाउँदै आएका छन् । जुन ठाउँमा पनि नियुक्ति खान थालेपछि कतिपयले उनलाई ‘खन्चुवा’ को उपाधिले समेत विभूषित गर्ने गरेका छन् । तर, उच्च तहका नेताहरू नै नातागोता पर्ने भएका हुँदा पनि डा. कोइरालाले पटकपटक अवसर पाउँदै आएका हुन् । वुधपार अनलाईनमा खवरछ

प्रतिक्रिया