युवा प्रतिभा प्रस्तुत

युवा प्रतिभा प्रस्तुत

सुर्खेत : कर्णालीको राजधानी विरेन्द्रनगर नगरपालिका–१ का युवाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा प्रतिभा प्रस्तुत गर्ने अबसर प्रदान गरेको हो । विरेन्द्रनगर नगरपालिका–१, फ्रिडम फण्ड र बालिका बचाउ अभियानको समन्वयमा आयोजित युवा जागरण तथा प्रतिभा प्रस्फुटन कार्यक्रममा युवाहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
यहाँका १४ वटै टोलबाट सहभागि भएका युवाहरुले क्षमता तथा प्रतिभा देखाएका थिए । उनिहरुले युवाहरुमा बढ्दै गएको लागु औषध दुव्र्यसनी, बैदेशिक रोजगारको सवाल, मानसिक सन्तुलन गुमाउने युवाहरुलाई लक्षित गरेर एकल नाटक लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । सोहि अबसरमा युवा अभियान्ता हरि उपाध्यायले युवाहरुको लक्ष निर्धारण तथा जीवन उपयोगी सिपबारे उत्पेरणा कक्षा संचालन गरेका थिए ।

युवाहरुलाई लक्ष निर्धारण गर्न, सक्षम र सफल नागरिक बनाउन तथा युवाहरु भित्र रहेको क्षमतालाई प्रस्फुटन गर्न आयोजित कार्यक्रममा विरेन्द्रनगर नगरपालिका–१ का वडाबाट सदस्य डम्बरबहादुर नेपालीले समाजलाई सहि मार्गमा डो¥याउन युवाहरु जागरुक हुनुपर्ने बताए । टोल विकास समितिका अध्यक्ष पूर्णमाया गुरुङ्गले टोल, बस्ती, समाज हुँदै सिंगो मुलुक परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने औल्याइन् । उनले युवाहरु सामाजिकीकरण हुनुपर्नेमा जोड दिइन् ।
आइडिया नेपाल सुर्खेतका अध्यक्ष रचना सुनारले युवाहरुमा धैर्यता जरुरी रहेको बताइन् । ‘युवा राज्यको शक्ति हो, कतव्र्य र जिम्मेवारी पनि बढि,’ अध्यक्ष सुनारले भनिन ‘व्यवस्थित र सुन्दर समाज निर्माणमा युवाहरुका भूमिका महत्वपूर्ण रहन्छ ।’ बालिका बचाउ अभियानका संयोजक सजना सुनारले राष्ट्र निर्माणको जिम्मा युवाको काँधमा रहेको बताइन् । स्थानीय युवा भूमिका परियारले युवाहरुमा भएको क्षमता अनुसारको अबसर नपाएको बताइन् । ‘हामीमा भएका क्षमता तथा प्रतिभा देखाउने वातावरण राज्यले बनाइदिनुपर्छ’ उनले भनिन् ।

प्रतिक्रिया