दिदिलाई चिठ्ठी ! (भिडियो सहित)

दिदिलाई चिठ्ठी ! (भिडियो सहित)

सुनिता बस्नेत-नेपाली साहित्य क्षेत्रको विविध विधामा कलम चलाईरहेकी लेखिका सुनिता बस्नेतले तीजको अवसरमा ‘दिदिलाई चिठ्ठी’ नामक एक श्रव्य संदेश सार्वजनिक गरेकी छिन् । उनले आफ्नो युट्युब मार्फत सन्देश सार्वजनिक गरेकी हुन् । रेडियो, टिभी, पत्रकारिता एवं गायनमा संलग्न बहुआयामिक सन्जु पौडेलको सुमधुर स्वरमा रेकर्ड गरिएको उक्त सन्देशमा महिला एवं पुरुषलाई हुन सक्ने क्यान्सर रोग र बालिका यौन शोषणको विषय समावेश गरिएको । संदेश अशोक पोखरेलले रेकर्ड गरेका छन् भने नविन बस्नेतले मिश्रण गरेका छन् ।
सन्देशमा भनिएको छ ‘बर्षै पिच्छे तीजमा भिनाजुको लागि निरहार ब्रत लिने तिमी, भिनाजुको लामो आयुको लागि पानी पनि खान्नौ तर याद गरेकी छौ भिनाजुको स्वास्थ्यको बारेमा ?’ बस्नेतले तीजको तडक भडकलाई कम महत्व दिन र आफु अनि परिवारको स्वास्थ्यमा बढी महत्व दिन आग्रह गरेकी छिन् । आफ्नो बुबालाई क्यान्सर रोगको कारण गुमाउनु परेको पीडालाई यो संदेशसंग जेडेर नारी र पुरुषको स्वास्थ्य जीवन र रोगको समयमै निदान हुन सके उपचार प्रभावकारी हुन सक्ने कुरामा जोड दिएकि छिन् । ‘तिम्रो एक बर्षको तीजको पहिरन खर्चले स्वास्थ्य परीक्षण गर्न पुग्छ, तिमी तन्दुरुस्त भए, त्यहि नै होइन र तिम्रो रुप ? मेरो यो सालको तीजको शुभकामना नै यहि महिला स्वास्थ्य परिक्षण र हेरचाह सम्झि ग्रहण गरिदेउ,’ सन्देशमा भनिएको छ ।
त्यसै गरि बालिका यौन हिंसा प्रति आक्रोश व्यक्त गर्दै नयाँ पुस्तालाई आत्मरक्षाको तालिम लिन र आफ्नो सुरक्षा आफैले डटेर गर्न सक्ने बनाउन दिदीलाई आग्रह गरेकि छिन् । ‘तिमीलाई कुदृष्टि लगाएर छुन आउने हात काटी दिनुपर्छ अनि तिमीलाई बलात्कार गर्न तयार लिङ्ग भाँचिदिनुपर्छ,’ उनले भनेकी छन् ‘उ हासी, बरु दिदी, उसका साथीहरुलाई पनि उहि जस्तै प्रतिरोधात्मक चाही कसरी बनाउने ? त्यो तिम्रो जिम्मा है ।’ किनकि तिमीले रक्षालाई पुर्ण तयार पारेकी छौ, यो जाली संसारसँग लड्न…. । लेखिका बस्नेत २२ बर्ष देखि नर्सीङ्ग पेशामा आबद्ध छिन् । उनि प्रवासमा बस्छिन् ।
भिडियो

प्रतिक्रिया