क्वाँटी किन खाने ?

क्वाँटी किन खाने ?

जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन। क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो। बिहान गुरुले जपेको डोरो हातमा बाँध्ने र जनै फेरेपछि क्वाँटी खाने गरिन्छ। साथै तराईक्षेत्रमा यस दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायुको कामना गर्दै राखी बाँध्ने पनि गरिन्छ ।  

केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका नौवटा गेडागुडी मिसाई चार /पाँच दिन पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार हुन्छ। क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अर्थात् पूर्ण प्रोटिन पाइन्छ। विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवर्धक पौष्टिक आहारका रुपमा लिइन्छ। 

यसलाई पौष्टिक तत्वको भण्डार पनि भनिन्छ। टुसा अंकुरित क्वाँटी सबै उमेर समूहका मानिसलाई फाइदाजनक हुने चिकित्सक बताउँछन्। यसमा विभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन्। भिटामिन, क्याल्सियम र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले बढ्दो उमेरका केटाकेटीलाई क्वाँटी राम्रो मानिन्छ।

यसको नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। एसिडिटी तथा संक्रमणजस्ता समस्याबाट छुटकरा मिल्छ। यतिमात्र नभएर यसले तुरुन्तै शक्ति प्रदान गर्छ भने तनावबाट मुक्त राख्छ।

क्वाँटी बनाउने विभिन्न तरिका हुन्छन्। कसैले झोल राखेर शाकाहारी स्वादको क्वाँटी रुचाउँछन् भने कसैले कुखुरा र खसीको मासुमा मिसाएर पनि क्वाँटी खाने गर्छन्। जसरी खाए पनि यसबाट फाइदै फाइदा छन्। त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ।

नियमित क्वा्टी खानुका फाइदा

– पाचनशक्तिमा सुधार ल्याउँछ

– स्मरणशक्ति बढाउँछ

– समय नपुग्दै आउने बुढ्यौलीलाई रोक्छ

– कब्जियतको समस्या हटाउँछ

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,

– सौन्दर्यमा निखार ल्याउँछ

– हड्डी दुख्ने समस्या हटाउँछ

– कपाल झर्ने समस्याबाट बचाउँछ

– छिट्दै आउने चाउरीबाट जोगाउँछ

– सुत्केरीलाई खुवाउँदा प्रशस्त मात्रामा दूध आउँछ।

प्रतिक्रिया