एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

काठमाण्डौ भदौ १ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आज (आइतवार) बाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आइतवार बिहान ८ बजेबाट देशभरका ३ सय ४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको छ ।

परीक्षामा करिब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अंग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए।

गत असार १२ गते सार्वजनिक गरेको एसईईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको संख्या बढेकोहो। परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया