बालिका बलात्कारका दोषीलाई १६ वर्ष कैद

बालिका बलात्कारका दोषीलाई १६ वर्ष कैद

उदयपुर भदाै ५: बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताका ४५ वर्षीय रामबहादुर बिकलाई जिल्ला अदालतले बिहीबार १६ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दीपक खनालको एकल इजलासले ६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै र पीडितलाई २५ हजार क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

अदालतले साउन २१ गते कसुर ठहर गर्दै सजाय निर्धारणका लागि भदौ ५ गते पुनः पेस गर्ने गरी आदेश दिएको थियो । अदालतको आदेशपछि कारगार पठाइएका बिकलाई पुनः बिहीबार अदालतमा हाजिर गराइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

कसुरदारले ०७५ माघ १८ गते बालिकालाई बलात्कार गरेका थिए । उनीविरुद्ध पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले फागुन १४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आचार्यले बताए ।

प्रतिक्रिया