एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई सरकारको ३ लाख सहयोग

एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई सरकारको ३ लाख सहयोग

काठमाडौं ९ असोज। एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए ।मुस्कानलाई भदौ २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया