मुटु स्वस्थ्य राख्‍ने उपाय

मुटु स्वस्थ्य राख्‍ने उपाय

काठमाडौं : ‘स्वस्थ्य मुटुको नायक बनौं’ भन्ने नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्वभर आज मुटु दिवस मनाइदैछ।विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेम्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइने गरिन्छ।

पछिल्लो समय मुटु रोगबाट प्रभावित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।मुटु रोग अहिले घरघरकै समस्याजस्तो भएको छ। विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानका कारण मुटु समस्याले युवास्थामै धेरैलाई पिरोल्दै आएको छ।

मुटु विशेषज्ञका अनुसार रक्तचापमा गढबढ भएमा यसले मुटुमा असर गर्छ।उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पुर्याउनुका साथै आँखामा समेत असर पुर्याउँछ। आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गराउनुपर्छ। 

रगतमा दुई किसिमको कोलेस्टेरोल हुन्छ। एउटा असल कोलेस्टेरोल ( एचडीएल) अर्को- खराब कोलेस्टेरोल (एलडीएल)। डा. केसीका अनुसार खराब कोलेस्टेरोलले रक्तनली अवरुद्ध (जाम) गरी बन्द गराउँछ। जसले गर्दा ह्रदयघात वा स्ट्रोक गराउने जोखिम हुन्छ।असल कोलेस्टेरोलले ह्रदयघात हुनबाट बचाउँछ। विज्ञकाअनुसार जन्मजात मुटुरोग हुने र मुटुको मसल कमजोर हुने समस्या पनि बढ्दै गएको छ।

रगतमा कोलेस्टेरोलको मात्रा केकति छ ? सम्बन्धित चिकित्सकसँग परामर्श गरी जानकारी लिइ सजग हुनुपर्छ। यसको जाँच गरेपछि रगतमा तीन महिनासम्मको औसत चिनीको मात्रा थाहा पाउन सकिन्छ। रगतमा चिनीको मात्रा धेरै भएमा मुटु, मस्ष्तिक, रक्तनली, मिर्गौलालगायतका अंगमा असर पुग्छ।

चिकित्सकका अनुसार मुटु रोग लाग्नुमा प्रमुख कारण तनाव हो।त्यसैले मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ ।नियमित व्यायाम तथा चिकित्सकको सल्लाहअनुसार मुटुसम्बन्धि व्यायाम गरेमा मुटु रोग लाग्नबाट बच्न सकिन्छ।


मुटु रोगका लक्षण

छाती दुख्नु/ भारी हुनु, मुटु पोल्नु, वाकवाकी र बान्ता हुनु

अधिक पसिना आउनु, थकान महसुस हुनु

बंगारा, घाँटी र पाखुरा दुख्नु, सास फेर्न गाह्रो हुनु

छाती तथा काँधमा पिडा हुनु।

शरीरबाट अनायासै पसिना बग्नु

मुटु रोग लागेमा रुघाखोकी लागेमा लामो समयसम्म सताइरहन्छ

खुट्टा तथा पैताला सुन्निनु 

पटक पटकमा चक्चर लागिरहनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु

कस्तो खाना खाने ?

फाइबर (रेसा) भएको खाना खाने

होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी

वनस्पतिको तेल

घिउ, नरिवलको तेल सक्दो कम गर्ने

आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने

खानामा नुनको प्रयोग कम गर्ने

तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने

ध्यान दिनुपर्ने कुरा

मुटुलाई स्वस्थ्य राख्न खानपानमा विशेष ध्यानदिनुपर्छ।खानाबाट नै मुटुसम्बन्धी रोग लाग्ने संभावना बढी रहने भएकाले कुन परिकार कति खाने भन्ने जानकारी राख्नुपर्छ। चिनी, रक्तचाप नियमित जाँच गराउने।नियमित व्यायाम गर्ने।पानी धेरै पिउने। तनावबाट मुक्त रहने।

प्रतिक्रिया