शिशुलाई दोस्रो आमाको दूध चुसाउनु कति सुरक्षित ?

शिशुलाई दोस्रो आमाको दूध चुसाउनु कति सुरक्षित ?

काठमाडौं : प्रत्येक शिशुका लागि आमाको दूध पूर्ण आहार मानिन्छ। तर कतिपय आमाहरुमा दूध नआउने समस्या भइदिन्छ।आमाको दूध खान नपाउँदा शिशु बिरामी पर्छन्। शिशुले दूध जति चुसेपनि नआएपछि कतिपय आमाहरुले दोस्रो आमाको दूध चुसाइदिने गर्छन्।विकल्पका रुपमा कसैले डिब्बाको दूध समेत खुवाउने गर्छन्।तर यसो गर्दा शिशु बिरामी हुनगइ मरणको दोसाँधमा पुग्न बेर लाग्दैन।

तुरुन्तै विकल्पको खोजि गर्नुभन्दा आमाले आफ्नो खानपानमा ध्यान दिनुपर्छ।पौष्टिक कुरा खानुपर्छ।जति गर्दा पनि दूध आएन भने एकपल्ट चिकित्सकसँग परामर्श गर्नुपर्छ। दोस्रो आमाबाट शिशुलाई स्तनपान गराउँदा कहिलेकाही सोच्दै नसोचेको परिणाम झेल्नुपर्ने अवस्था आउनसक्छ।त्यसैले स्तपान गराउने आमाको स्वास्थ्य अवस्थाबारे जानकारी राख्नुपर्छ।शिशुको स्वास्थ्य आमाको स्वास्थ्यमा निर्भर हुने भएकाले स्तपानलाई हल्का रुपमा लिनुहुँदैन।
 
साधारणतया स्वस्थ आमाबाट स्तपान गराउँदा नराम्रो नहुने चिकित्सक बताउँछन्।तर शिशुले दूध पचाउन सक्दैन या शिशुको स्वास्थ्यमा नकारात्मक असर गर्यो भने तुरुन्तै दूध छुटाइदिनुपर्छ। पछिल्लो समय कामकाजी महिलाले अर्को आमाबाट आफ्ना नानीलाई स्तनपान गराएको पाइन्छ।कतिपय महिलाले यसलाई सामान्य लिएपनि केही अवस्थामा भने यो खतरानाक हुनसक्छ।

विज्ञहरुले पनि स्तपानलाई सामान्यरुपमा लिन नहुने सल्लाह दिन्छन्।चिकित्सकका अनुसार दोस्रो आमाबाट शिशुलाई स्तनपान गराउँदा सामान्यतया खतरानाक नहुने भएपनि पूर्णरुपमा सुरक्षित पनि हुँदैन।त्यसैले स्तनपान गराउनुभन्दा पहिले एकपटक आमाको स्वास्थ्यप्रति जानकार हुनु आवश्यक छ।

कस्ता आमाले स्तपान गराउनु हुँदैन

स्तनपान गराउने महिला कुनै गम्भीरखालको बिरामी हुनुहुँदैन।एचआइभी, क्यान्सर या अन्य गम्भीरखालका रोगबाट प्रभावित महिलाबाट स्तनपान गराउनुहुँदैन।यस्ता महिला शिशुका लागि खतरनाक हुन्छन्।मादकपदार्थ सेवन गर्ने आमाबाट पनि स्तनपान गराउनुहुँदैन।त्यसैले आफ्ना नानीबाबुलाई दोस्रो आमाको दूध चुसाउनुभन्दा पहिले एक पटक सोच्ने गरौं।

एजेन्सी सहयोगमा

प्रतिक्रिया