अस्मिता आले एस्टोन भिल्लाको यू-१९ महिला टिममा स्थान बनाउन सफल

अस्मिता आले एस्टोन भिल्लाको यू-१९ महिला टिममा स्थान बनाउन सफल

असोज १६, एजेन्सी । नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आले एस्टोन भिल्लाको यू–१९ फुटबल टिममा परेकी छिन् । १७ वर्षीया अस्मितालाई एस्टोन भिल्लाले उनको प्रदर्शनका आधारमा टिममा राखेको हो ।

डिफेन्डरको भुमिकामा रहेकी अस्मिताले प्रिसिजन टुरमा निकै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । म्यानचेस्टर सिटीविरुद्धको खेलमा निकै राम्रो खेलेकी अस्मितालाई एस्टोन भिल्लाले यो सिजनका लागि टिममा अनुबन्ध गरेको हो ।

सेन्टर डिफेन्डर अस्मितालाई यतिबेला इंग्ल्याण्ड महिला टिमको भविष्यका स्टार खेलाडीका रुपमा पनि हेरिन थालिएको छ । विपक्षी विरुद्ध रणनिती अरु भन्दा फरक रहेकाले उनलाई टिममा राखेको एस्टोन भिल्लाले जनाएको छ ।

को हुन अस्मिता ?

अस्मिता आले, भुतपूर्व नेपाली ब्रिटिस आर्मीकी छोरी हुन् । नेपाली समुदायलाई इंग्ल्याण्डको फुटबलमा परिचित गराउने पहिलो महिला खेलाडी बनेकी अस्मिताले निकै सानो उमेरदेखि खेल्न थालेकी थिइन् ।

आफ्ना दाजु असिमको खेल हेरेर फुटबल खेल्ने रुची राखेकी अस्मिताले २०११ मा एस्टोन भिल्लाको यू–११ को टिममा पहिलो पटक परीक्षण दिएकी थिइन् । उनका दाजु असिमले इंग्ल्याण्डको चेतयान्ड क्लबबाट १२ वर्ष मुनिको फुटबल खेलेका थिए भने पछि निनियटोन ब्याइजबाट प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक ११ वर्ष मुनीको समूहमा ट्रायल दिएकी अस्मिताले सबैलाई इम्प्रेस पारेकी थिइन् । उनले भिल्ला पार्कमा दुई साताको परीक्षण दिएकी थिइन् । जसमा उनका प्रशिक्षक निकै प्रभावित भएका थिए । उनको गति, डिफेन्सको सैलीले प्रशिक्षकलाई प्रभाव पारेको थियो ।

त्यसपछि उनले ११, ११, १५ वर्ष मुनिको फुटबल खेलेर अहिले १७ वर्ष मुनिको टिममा स्थान बनाएकी हुन् । यसका साथै उनलाई इंग्ल्याण्डको महिला फुटबलकी भविष्यकी खेलाडी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया