धनगढी प्रिमियर लिगको चौथो संस्करण फागुन ३ गतेदेखि

धनगढी प्रिमियर लिगको चौथो संस्करण फागुन ३ गतेदेखि

काठमाण्डौ – धनगढी प्रिमियर लिग क्रिकेट ९डीपीएल० को चौथो संस्करण फागुन पहिलो हप्तादेखि सुरू हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा ६ ओटा शहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

सबै टिमले तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् । अक्सनमार्फत खेलाडी अनुबन्धन गरी प्रतियोगिता सञ्चालन गर्ने यो नेपालको पहिलो टी–२० क्रिकेट प्रतियोगिता हो ।

प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ जित्नेछ । गएको संस्करणको उपाधि सीवाईसी अत्तरियाले जितेको थियो ।

प्रतिक्रिया