आज विश्व हातधुने दिवस

आज विश्व हातधुने दिवस

काठमाडौँ, असोज २८ गते । सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए पनि नेपालमा भने बजेटकै अभावमा यो दिवस मनाउन छोडिएको छ । अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने थाह हुँदाहुँदै पनि दिवस मनाउन छाडिएको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले यो वर्ष सरकारले विश्व हात धुने दिवस नमनाउने जानकारी दिए ।

प्रतिक्रिया