महरालाई आज जिल्ला अदालतमा पेश गरिने

महरालाई आज जिल्ला अदालतमा पेश गरिने

काठमाडौँ असाेज २८ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ ।  १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्य अवस्था खराब भएका कारण नर्भिक अस्पतालमा भर्ना गरिएका छन्। उनलाई अस्पतालबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने छ। त्यहाँ महरासँग सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि बयानका लागि वा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने छ। स्रोतका अनुसार महराले सरकारी वकिललाई आफू बयान दिन सक्ने अवस्थामा रहेको बताए उनको आजै बयान हुने छ भने बयान दिन सक्ने अवस्था नरहेको बताए म्याद थपका लागि अदालतमा पेश गरिनेछन्।

प्रतिक्रिया