पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

काठमाडौं असाेज २८: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तान पारसले कप्तानी पद छाडेका हुन् ।नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन उनले राजिनामा दिएका हुन् ।

नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए। पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो। उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

प्रतिक्रिया