जोखिममा रहेका बालबालिकालाई छात्रबृति

जोखिममा रहेका बालबालिकालाई छात्रबृति

दैलेख असोज ३० ।
बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आर्थिक तथा सामाजिक रुपमा जोखिममा परेका र विपन्न बालबालिकालाई झोला र विद्यालय पोषाक लगाएतका शैक्षिक सामग्री वितरण गरेको छ । दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । नारायण नगरपालिकाका–१ का कार्यवाहाक वडाध्यक्ष रमेश केसी, शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका डम्बरबहादुर कार्की, रमा श्रेष्ठ लगाएतको उपस्थितीमा बालबालिकालाई छात्रबृति प्रदान गरिएको हो ।
बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २४ जना बालबालिकालाई छात्रबृति वितरण गरिएको हो । नारायण नगरपालिकाका ९, महाबु गाउँपालिकाका १, चामुण्डाविन्द्रासैनी नगरपालिकाका ३, भगवतीमाई गाउँपालिकाका २, नौमूले गाउँपालिकाका ५ र भैरबी गाउँपालिकाका ४ गरि २४ जना बालबालिकालाई छात्रबृति प्रदान गरिएको हो ।
छात्रबृति वितरणका अबसरमा बोल्दै नारायण नगरपालिकाका–१ का कार्यवहाक वडाध्यक्ष रमेश केसीले विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई छात्रबृति वितरण गरेर सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले महत्वपूर्ण कार्य गरिरहेको बताए ।

प्रतिक्रिया