संसारका १०० प्रेरणादायी महिलामा नेपाली युवती

संसारका १०० प्रेरणादायी महिलामा नेपाली युवती

काठमाण्डौ असोज ३० : बिबिसीले सार्वजनिक गरेको संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा नेपाली युवती बोनिता शर्मा पनि परेकी छन् ।

सामाजिक अभियन्ता शर्माले ‘सोचाइ’ नामको संस्थाको नेतृत्व गर्छिन् । जसले आम मानिसको स्वास्थ्य र पौष्टिक आहारको अवस्थालाई सुधारका लागि काम गर्छ ।उक्त संस्थाले विभिन्न समुदायका महिला तथा बालबालिकाको पौष्टिक आहार सुधार्ने काममा पहल गर्दैआएको छ ।

प्रतिक्रिया