नेकपा कास्की २ को उम्मेदवार विद्या भट्टराई निश्चित

नेकपा कास्की २ को उम्मेदवार विद्या भट्टराई निश्चित

कार्तिक ८, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की २ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईलाई उम्मेदवारमा सिफारिस गर्न सर्वसम्मत निर्णय गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङले कान्तिपुरलाई जानकारी दिए ।

मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ । ती मध्ये प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको कास्की २ मात्रै हो । तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो । नेकपाले यसअघि कार्तिक १० गतेसम्म उमेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो । भट्टराई स्वर्गीय मन्त्री अधिकारीकी पत्नी हुन् ।

प्रतिक्रिया