दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टिमको घोषणा

दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टिमको घोषणा

काठमाण्डौ । नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल९साग०का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । टिममा नेपालका ३ सिनियर खेलाडीहरु बिकेश कुथु,बिक्रम लामा र सुजल श्रेष्ठ पनि रहेका छन् ।

मुख्य प्रशिक्षक महर्जनले नेपाली टिम लामो समयदेखि सागका लागि तयारी गरिरहेको हुनाले आत्मबल पर्यप्त भएको दाबी गरे । ‘हामीले सागका लागि लामो समयदेखि तयारी गरिरहेका छौँ त्यसैले टिम एकदम मजबुत छ । हामीसँग भएका खेलाडीहरु उत्कृष्ट छन् त्यसैले हामीसँग सागका लागि आत्मबल पर्यप्त छ’, महर्जनले भने ।

साथै प्रशिक्षक महर्जनले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु शत प्रतिशत ढुक्क रहेको बताएका छन् ।

सागका लागि नेपाली टिम

गोलकिपर: विकेश कुथु,अर्पण कार्की र दिप कार्की

डिफेन्डर: अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ र छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा,शेसेहाङ अम्दाङ्बे र तेज तामाङ

फरवार्ड: विमल घर्ती मगर,अभिशेक रिजाल, रेजिन सुब्बा र अन्जन बिष्ट

प्रतिक्रिया