संस्थालाई सुशासित बनाई सवल, सक्षम बनाउन सहज

संस्थालाई सुशासित बनाई सवल, सक्षम बनाउन सहज

ज्वाला सन्देश सम्वाददाता
नेपालगंज – नेपालगंजमा भएको सुशासन तथा स्रोत परिचालन तालिममा कार्तिक १९ गते साझेदार संस्थाका पदाधिकारी तथा कर्मचारीहरुका लागि संचालन गरिएको छ । शुसासन तथा स्रोत परिचालन सम्वन्धि तालिममा संस्थाद्धारा संचालित कार्यक्रकमा संस्थालाई सुशासित बनाई सवल, सक्षम र दिगो संस्था संचालनका लागि महत्वपूर्ण हुनेछ । संस्था तथा व्यक्तिगत रुपमा सिकाई प्रकृयालाई संस्थागत गर्दै व्यवहारमा समेत पारदर्शिता कायम गर्ने उद्देश्यले शुसासन तथा श्रोत परीचालन सम्वन्धि ४ दिने तालिम संचालन गरिएको आयोजकले बताएको छ ।

सुशासन तथा स्रोत परिचालन तालिमका सहभागीहरु
सुशासन तथा स्रोत परिचालन तालिमका सहभागीहरु
सुशासन तथा स्रोत परिचालन तालिम सहजीकरण गर्दै प्रकास पोखरेल
सुशासन तथा स्रोत परिचालन तालिम सहजीकरण गर्दै प्रकास पोखरेल

संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देस्यले संचालन गरिएको उक्त तालिममा सेद चिल्ड्रेनका साझेदार संस्थाहरु सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, पिसविन बाजुरा, वाक अछाम , बक बाँके र किर्डाक नेपाल कालिकोटका कार्यसमिति पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । तालिममा संस्थामा भएको शुसासनको आंकलन, सुचकहरुको विश्लेषण हुनुका साथै कोष वृद्धि योजनाका विषयमा छलफल भएको सहजकर्ता प्रकाशकुमार पोख्रेलले बताए । तालिमा सिकेको कुराहरुलाई कार्य योजना वनाई आ आफ्नो संस्थामा लागु गर्ने सहभागिहरुले वताएका छन् । तालिम सहभागितामुलक रहि सिकाई प्रकृया प्रभावकारी भएको निष्कर्ष निकालिएको सहजकर्ताले पोख्रेलले बताए । तालिमको अन्तमा प्रशिक्षक पोख्रेलले सम्पुर्ण सहभागिहरुको सिकाई अनुभव आदान प्रदान गर्न अनुरोध गर्नुहुदै आवश्यक पृष्ठपोषण समेत लिनु र दिनु भएको हो । अन्तमा सेभ द चिल्ड्रेनका वरिष्ठ मिल अधिकृत चन्द्रप्रकाश शाहले तालिमको औपचारीक रुपमा समापनको घोषणा गरेका थिए ।

प्रतिक्रिया