विद्यालयमा ‘कक्षा व्यवस्थापन समिति’

विद्यालयमा ‘कक्षा व्यवस्थापन समिति’

दैलेख मंसिर १ गते ।
सामुदायिक विद्यालय सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि व्यवस्थापन समिति रहने व्यवस्था छ । तर, दैलेखको एक सामुदायिक विद्यालयमा ‘कक्षा व्यवस्थापन समिति’ गठन गरिएको छ । गुराँस गाउँपालिकाको लालीकाँडा स्थित शान्ति माध्यामिक विद्यालयका विद्यार्थीको ‘कक्षा व्यवस्थापन समिति’ गठन गरिएको हो । हरेक कक्षामा ‘कक्षा व्यवस्थापन समिति’ समिति गठन गरिएको विद्यालयले जनाएको छ ।
समितिमा अध्यक्ष उपाध्यक्ष र तीन जना सदस्य हुनुहुन्छ,’ कक्षा नौ का कक्षा व्यवस्थापन समितिका अध्यक्ष झलक विसीले भने ‘समितिले सरसफाई, खाली समयमा आपसी छलफल, कक्षागत समस्या समाधान लगाएतका क्रियाकलाप गरिरहेका छौ ।’ यसले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा सघाउँ पु¥याउनु अपेक्षा गरिएको छ ।

शान्ति माध्यामिक विद्यालयको कक्षा नौ मा गठन गरिएको कक्षा व्यवस्थापन समिति

प्रतिक्रिया