नेपालगञ्ज : अस्पताल परिसरमा एक अर्बका दाताको प्रतिमा

नेपालगञ्ज : अस्पताल परिसरमा एक अर्बका दाताको प्रतिमा

नेपालगञ्ज । अस्पताल परिसरमा एक अर्बका दाताको प्रतिमाबाँके – नेपालगञ्जको फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ ।

अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उहाँकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो । शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ बराबरको घर जग्गा शाह दम्पतीको शेषपछि अस्पतालले प्रयोग गर्नेभएको छ ।

फत्तेबाल आँखा अस्पताल श्रीजङ्गका बुवा कप्तान फत्तेजङ्ग शाह र आमा बाल दिव्येश्वरी शाहले नेपालगञ्जको फुल्टेक्रामा एक विघा जग्गा र घर दान गरेपछि २०४३ सालमा स्थापना भएको हो । प्रतिमा अनावरणपछि शाहले अस्पतालबाट प्राप्त सम्मानले आफूलाई भावुक बनाएको बताउनुभयो ।

अस्पतालका प्रबन्ध निर्देशक डा। कौशलकुमार वर्माका अनुसार अस्पतालका लागि कमलकुमार टण्डनले ६२ लाख बढी रुपैयाँको सहयोगमा एक सय बेड, पार्किङसँगै गरिब तथा असहाय बिरामीको उपचारमा सहयोगका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।

श्रीजङ्ग र रुद्रकुमारीको प्रतिमाको अनावरण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख उमा थापा मगरले सहयोग लिन र पाउनका लागि मरिहत्ते गर्ने समाजमा दिनसक्ने श्रीजङ्ग जस्ता समाजसेवी दानवीरको सम्मानमा कुनै कञ्जुस्याई हुन नहुनेमा जोड दिनुभयो । उज्यालो मार्फत साभार

प्रतिक्रिया