बालविवाह न्यूनिकरण गर्न घरदैलो

बालविवाह न्यूनिकरण गर्न घरदैलो

ज्वाला सन्देश, दैलेख मंसिर ४ । जिल्लाको गुराँस गाउँपालिका–४ तालपोखरीमा घरदैलो गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अबसरमा ‘सुखी नेपाली समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नारा सहित घरदैलो गरिएको हो । बाल विवाह, जातिय तथा लैंगिक विभेद न्यूनिकरण तथा मर्यादित महिनावारीका लागि घरदैलो गरिएको बताईएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरण, गुराँस गाउँपालिका–४ को समन्वय तथा लक्ष्मी बाल क्लबको आयोजनामा घरदैलो गरिएको हो । घरदैलोका क्रममा वडाका जनप्रतिनीधि, शिक्षक र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।

सोहि अबसरमा जोखिममा परेका बालबालिकालाई छात्रबृती सहयोग गरिएको छ । साथै बाल विवाह गरि जोखिममा रहेका तीन जना बालिकाहरुलाई जनहि २५ हजारका दरले जीविकोपार्जनका लागि सहयोग प्रदान गरिएको बताईएको छ ।

प्रतिक्रिया