बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा
काठमाडौं ६ मंसिर । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेका उनी १२ कात्तिकमा पक्राउ परेका थिए ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले अनलाइनखबरलाई बताए । राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप थियो ।
प्रतिक्रिया