अबैध घरेलु मदिरा नष्ट

अबैध घरेलु मदिरा नष्ट

अवैध घरेलु नष्ट गरिदै । तस्बिर : ज्वाला सन्देश

दैलेख मंसिर ९ गते । जिल्ला प्रहरी कार्यालय दैलेखले अबैध घरेलु मदिरा नष्ट गरेको छ । नारायण नगरपालिकाको बजार क्षेत्रका होटल तथा पसलहरुमा गरिएको अनुगमनका क्रममा बिक्री वितरणका लागि राखिएको २० लिटर मदिरा, मदिरा बनाउन राखिएका ४ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको हो । प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोरीले अबैध मदिरा बनाउने औषधी समेत बराबद गरि नष्ट गरेको डिएसपी हरिबहादुर ओलीले बताए । अनुगमनका क्रममा सात थान मदिरा बनाउने भाडा समेत फेला परेको थियो । प्रहरीले पत्रकारहरुको रोहबरमा प्रहरी परिषरमा खाल्डो खनी नष्ट गरेको छ । घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न विशेष अभियान संचालन गरिएको प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य जानकारी दिए ।

प्रतिक्रिया